डा. बिरवंश प्राधानाध्यापक पदबाट राजिनामा दिएर आए राजनितीमा


सर्लाही । समाज रुपान्तरण विषयमा क्यानाडाबाट मानार्थ विद्यावारिधि प्राप्त डा.बीरवंश बैठाले सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदमा स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।

मलंगवास्थित कुशुम पार्टी प्यालेशमा पत्रकार सम्मेलन गर्दैृ डा.बैठाले अहिलेका राजनीतिक दल र नेताहरुबाट देशमा विकास हुने नसक्ने भन्दै देशलाई विकासको गतिमा अघि बढाउन आफूले पनि सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदको लागि स्वतन्त्र उमेदवारी घोषणा गरेको बताए । ‘पटक पटक यिनै एउटै नेतालाई हामीले जिताएर पठाएकाछौं । ’emले गरेको विकास र परिवर्तन कस्ताे छ खोजौं ।’

देशमा विकास गर्नुको सट्टा अहिलेको नेतृत्वले ३ सय वर्ष पछि धकेलेको भन्दै अब राजनीतिमा बुढापाका, पुराना र औंठाछाप हैन, विद्वान र भिजन भएको व्यक्ति आउनु पर्छ तब मात्रै परिवर्तन सम्भव छ भने । पत्रकार सम्मेलनमा डा.बैठाले भने ‘आज यूरोपलाई हेर्नुस् हामी भन्दा कैयौं गुणा विकासमा अगाडि छन् । विद्वान व्यक्तिहरु नै ती देशहरुमा राजनीतिमा आएकोले त्यो सम्भव भएको हो ।’ उनले अगाडी भने ‘हाम्रोमा त आफ्नै नाम लेख्न नजान्नेहरुलाई चुनाव जिताएर पठाईन्छ अनि कसरी हुन्छ देश विकास ?’ उनले भिजन र सोंच नभएका नेताहरूकै कारण ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै रहेको, दाइजो प्रथा कायमै कायम रहेको, महिला हिंसा उस्तै रहेको र विकास निर्माणको हालत पनि खराब रहेको बताए ।

३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गर्दै उनले त्यो बेलादेखि आजको दिनसम्म नेपाली जनताले सुखानुभूति गर्न नपाएको बताए । उनले देशमा गतिलाे नेता नभएको दाबी गर्दै नेपालमा थर्ड क्लास पोलिटिसियनहरु मात्र रहेको बताए । ‘यदी देशमा नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो होला ।’ उनले भने ‘हाम्रा देशका नेताहरुसँग सम्बृद्ध देश बनाउन कुनै मिशन, भिजन र डेडिकेशन छैन । कुनै पनि राजनीतिक दलमा स्थिरता छैन । यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन ।’ विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएकाछौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ ।’

राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको भन्दै अब समाजलाई गति प्रदान गर्नुपर्ने बताए । विकास के हो र जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने कुरा अहिले बालेन र हर्कहरुले प्रमाणित गरिरहेका छन् भन्दै त्यसरी नै प्रमाणित गरेर देखाउने बताए । उनले विकास र परिवर्तनका लागि आफूलाई मत दिएर जिताउन क्षेत्रवासीसँग आग्रह समेत गरे ।

देश विकासका लागि परिवर्तनको आवश्यक्ता रहेको र त्यसका लागि असल र सबल नेतृत्वको आवश्यक्तालाई महसुस गरेर जागीरावधि डेढ वर्ष बाँकी छँदै प्राधानाध्यापकको पदबाट राजिनामा दिएर राजनितीमा आएको बताउने डा.बैठा मलंगवा नगरपालिका ५ भाड्सरका स्थायी वासिन्दा हुन् । डा. बैठा हेटौंडा उपमहानगरपालिका ४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको प्राधानाध्यापक भएर काम गरेको व्यक्ति हुन् । सो विद्यालयमा रहँदा उनले नै अग्रेजी माध्यमबाट शिक्षणको सुरुवात गरेका थिए ।

करिव २५ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत उक्त सामुदायिक विद्यालय देशकै नमुना विद्यालय मध्येको एक रहेको छ । डा.बैठाकै कारण उक्त विद्यालयमा मधेस प्रदेशका सयौं विद्यार्थीहरु अध्यनरत रहेका छन् । उनकै कारण उक्त विद्यालय विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाईमा पर्ने गरेको त्यहाँ अध्यनरत मधेस प्रदेसका विद्यार्थीहरुले बताएका छन् । उनले शिक्षण पेशामार्फत समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड समेत पाएका छन् । स्कलरसिपमा विएड एमएड गरेका डा. बैठालाई समाज रुपान्तरणमा खेलेको भूमिकाकै कारण क्यानाडास्थित ब्रस्टन ईन्टरनेशनल यूनिभरसिटीले मानार्थ विद्यावारिधि दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा