द राउण्ड टेवल नेपालले बिर्तामोडमा सरकारी विद्यालयको भवन बनायो

झापा । सामाजिक संस्था द राउण्ड टेवल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षा कोठा निर्माण गरेको छ । पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाइएपछि राउण्ड टेवलले कक्षा कोठा निर्माण गरिदिएको हो ।

चौविस लाख रुपैयाँको लागतमा २ कक्षा कोठा र विद्यालय परिसरको ५ कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरिएको छ । यस वर्ष विद्यालयमा २ वटा शौचालय र खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

भदौ १३ गते बिर्तामोड नगरपालिकाकाी प्रमुख पवित्रा महतारा प्रसाई र द राउण्ड टेवल नेपालका अध्यक्ष आन्नद बाहेतीले संयुक्त रुपमा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

द राउण्ड टेवल नेपाल अन्र्तगत रहेको विराटनगर सेन्ट्रल राउण्ड टेवल १५ ले मोरङ्गको रंगेली नगरपालिका स्थित रहेको श्री महेर्शी मेही आधारभूत विद्यालयलाई १५ लाख बराबरको सहयोग गरेका छन् । उक्त रकमले सो विद्यालयमा शौचालय र कम्पाउण्ड वाल निर्माण गरेको हो ।

राउण्ड टेवलले सो विद्यालयमा बहुवर्ष योजना अन्तर्गत १ करोड रुपैयाँ भन्दा बढीको लगानी गरी सकेको छ , र राउण्ड टेवलले हरेक वर्ष उक्त विद्यालयमा सहयोग गर्दै आएको छ ।

सोमबार सो विद्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरी निर्माण सम्पन्न शौचालय र कम्पाउण्ड वाल हस्तान्तरण गरेको छ । द राउण्ड टेवल नेपालका अध्यक्ष आन्नद बाहेती, विराटनगर सेन्ट्रल राउण्ड टेवल १५का अध्यक्ष सुमित गोयल र रंगेली नगरपालिका उपमेयर भूमा पराजुलीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिक्षक लगायत स्थानियहरुको उपस्थिती रेहेको थियो ।

राउण्ड टेबल नेपाल, नेपालको गैर नाफा मूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३७३ कोठा सहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३२ च्याप्टरमा कुल ५४० सदस्य रहेका छन् । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना “फ्रिडम थ्रू एजुकेसन” सञ्चालन गरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।

राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिले सम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्र संगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ । खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चार देखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नु पर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइ रहेको छ । त्यसै गरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्र्तगत विरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

epaper

ताजा समाचार

धुर्कोटका उत्कृष्ट स्वास्थ्य संस्था पुरस्कृत