सम्हालिन्छ कहिले मन र झिँगेदाउ एकसाथ

काठमाडौं । केही हप्ता यताबाट चाड पर्व परेका कारण यहाँका सिनेमा हलमा पनि नेपाली चलचित्रको चाप बढेको छ । गत साता दुई चलचित्र प्रकाश र राधा रिलिज भएकोमा हल नपाएको भन्दै प्रदर्शनको पाँचौ दिनमा निर्माताले राधालाई हलबाट हटाए ।

यस्तै शुक्रबार (आज)बाट थप दुई वटा नयाँ नेपाली चलचित्र रिलिज हुँदैछन् । सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘ सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजाको निर्देशनमा चलचित्र ‘झिँगेदाउ’ नेपालका सिनेमा हलमा रिलिज हुँदैछ ।

चलचित्र सम्हालिन्छ कहिले मन प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रको छायाँकन नेपाल, युएई, लन्डन, स्कटल्यान्ड लगायतका स्थान गरिएको यसका निर्देशक सुदर्शन थापाले बताएका छन्,‘बिशुद्ध प्रेमकथामा आधारित यो चलिचत्र हामीले अन्तराष्ट्रिय स्तरको बनाएका छौं । मनोरञ्जनका लागि निर्माण गरिएको यो चलचित्र मेरो उत्कृष्ट मध्यको एक हुनेछ भन्ने विश्वास लिएको छु ।’

मुलुकका ७ दर्जन भन्दा बढी सिनेमा हलबाट यो फिल्म एकसाथ रिलिज हुन लागेको पनि सुदर्शनले बताए । यो चलचित्रमा आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देनलगायतको मुख्य भूमिका रहेको छ । एक समयको चर्चित गीत सम्हालिन्छ कहिले मन गीतको शिर्षकलाई लिएर यो चलचित्र निर्माण गरिएको हो ।

यस्तै शुक्रबार रिलिज हुने चलचित्र झिँगेदाउ मुलुकमा ६ दर्जन भन्दा बढी सिनेमा हलबाट आउने भएको छ । दाजु–भाई र देउरानी–जेठानीको घर झगडामा आधारित यो चलचित्र भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा बनाईएको हो । यो चलचित्रको बुधबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको थियो । चलचित्रलाई प्रिमियरमा रुचाईयो ।

चलचित्र झिँगेदाउमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, गम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी