आफ्नो लोगो अनधिकृत प्रयोग भएको भन्दै प्रतिलिपि अधिकारको कार्यालयमा उजुरी

काठमाण्डौं । गैर आवासीय नेपाली संघ नामक संस्थाले आफ्नो लोगो अनाधिकृत रुपमा प्रयोग गरिरहेको भन्दै एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिर्फाेनिया अमेरिकाले नेपाल स्थित नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई कारबाही गर्न माग गरेको छ ।

बिहिवार एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिर्फाेनिया अमेरिका अध्यक्ष माधव मरासिनीले एक विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघ नामक संस्थाले आफ्नो संस्थाको लोगो अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै नेपाल स्थित नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय नारायणीहिटी,काठमाडौँलाई प्रतिलिपि अधिकार हनन सम्बन्धमा आवस्यक कारबाही गरिदिन माग गरेका छन् ।

अध्यक्ष मरासिनीले अमेरिकी सरकारको सम्बन्धित निकायमा आफ्नो नाममा ट्रेडमार्क २०२१ डिसेम्बर २४ मा आफु अध्यक्ष रहेको संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले प्रयोग गरिरहेको लोगो नेपाल स्थित पररास्ट्र मन्त्रालयमा दर्ता भई क्रियाशील गैर आवासीय नेपाली संघ नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गरिरहेको पाइएको र पटक पटक पत्राचार गर्दा पनि यो क्रियाकलाप नरोकिएकोले आफुहरुको प्रतिलिपि अधिकारको गम्भीर हनन भएको दाबी गरेका छन् ।

नेपालको संविधान अनुसार दर्ता भएको संस्थाले कुनै अर्को संस्थाको प्रतिलिपि अधिकार हनन गर्नु प्रतिलिपि अधिकार सम्बन्धि कानुन बिपरित कार्य रहेको भन्दै उनले यस’boutमा सत्य तथ्य छानबिन गरि अब उपरान्त लोगो प्रयोग नगर्नु भनि पत्राचार गरिदिन नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई आग्रह गरेका हुन् ।

बिज्ञप्तिमा यस विषयमा नेपालस्थित नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय बाट कुनै कारबाही अगाडी नबढेको खण्डमा आफुहरु अमेरिकी सरकारको ट्रेडमार्क सम्बन्धि न्यायिक निकायमा उजुरी दिन बाध्य हुने कुरा जानकारी गराइएको छ ।

यस्तो छ अध्यक्ष मरासिनीद्धारा जारी गरिएको विज्ञप्तिको पूर्णपाठः

तपाइको प्रतिक्रिया
(Visited 529 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतिको मृत्यु