आस्थाको डोरी


भक्तबहादुर शाही

जनैपूर्णिमामा महाबु (गाथ) मेला दुई दिन लाग्छ । कर्णाली प्रदेशको सबैभन्दा उच्च स्थानमा महाबुमेला लाग्दै छ । समुन्द्री सतहदेखि ४ हजार १ सय ६८ किलोमिटर उचाइमा पर्छ, यो ठाउ“ ।
बर्सातमा लाग्ने भएकाले यहाँ बिहानीपख सूर्योदयसँगै घामका किरण शरीर तातिए पनि छिनछिनको हुस्सु र कुहिरोले महाबुमेला लाग्ने पाटनलाई ढाक्ने हुनाले जाडो पनि उत्तिकै महसुस हुन्छ । छिनछिनमै घाम र कुहिरोको लुकामारीले महाबुमेलामा मनोकांक्षा लिएर गएका हजारौं भक्तजन आनन्द लिने गर्छन् ।
अधिकांश मोबाइलमा वा क्यामरा कुहिरो र घामको लुकामारी कैद गर्ने गरेका छन् । कुहिरो र हुस्सुलाई घामले हटाएपछि महाबु पाटनबाट बझाङका अपी र सैपाल हिमाल र तराईको बर्दिया टीकापुर फाँटको दृश्य हेर्दा शिवपार्वतीले तपस्या गरेको ‘पाटन यही नै हो’ भनेर भक्तजन लख काट्ने गर्दछन् ।


पाटनका बीचबीचमा ससाना ताल, नजिकै केही गाईगोठ र ’round चौरमा भेडाबाख्रा चरनले महाबुको महिमा बेग्लै देखिन्छ । कसैले शान्तिभूमिको संज्ञा दिन्छन् भने कोही शिवपार्वतीले तपस्या गरेको हुन सक्ने आँकलन गर्दछन् । कतैतिर बुकी फुलेर सेताम्य छ ।
अन्य रंगीविरंगीले फूलले विवाहमण्डलझैं सि“गारिएको देख्दा भक्तजनको आँखा फूलको यौवनबाट यताउता लिन कसैको फुर्सदै हु“दैन । हावाको सिरेटोसँग फूल हल्लिरहेको हेर्न उत्तिकै आनन्द आउँछ, पाटनमा ।
अर्कोतिर हरियो घाँसपात र भेडाबाख्रा, गाईगोरु चर्दै गरेको दृश्यले पाटन सिंहासनमा बसेको शालीन शासकको जस्तो
पनि देखिन्छ । चारैतिर समतल फाँट बीचबीचमा ससाना ताल, वरिपरि हरियो घना जंगलले गर्दा झनै शालीन स्वभावको देखिन्छ, महाबु । कुहिरो, बादल, तराई फाँट र पहाडका हिमशृंखलाका दृश्यले देख्न पाइने हुँदा धरोहरको संज्ञा दिन्छन् त कसैले ज्ञान आर्जन गर्न सक्ने वनस्थली हो भनेर आँकलन गर्दछन् ।


कर्णाली प्रदेश सरकार र त्यहाँका जनता ‘सुनको शिरानीमा सुतेर नुनको खोजी गर्दै हि“ड्ने’लाई गिज्याइरहेझंै लाग्छ, महाबुगाथले । अधिकांश नेता, बुद्धिजीवी र कर्मचारीको घरको एक कोठामा भारतीय र नेपाली नायकनायिकको तस्बिरले कोठा सजिएका छन् ।
जिल्ला सदरमुकाम दैलेखदेखि ४५ किलोमिटर सवारीसाधनको यात्रा र आधा घण्टा पैदलयात्रा सकिएपछि मात्र भेटिन्छ, महाबुगाथ । महाबु गाउँ नाम पनि महाबु लेकबाट राखिएको हो ।
साबिकको भवानी र बालुवाटार गाविस सिमानास्थित लिस्ने उकालो सबैभन्दा डर लाग्दो छ । त्यस भेगतिर सधैंजसो आवतजावत गर्ने व्याक्तिले सजिलैसँग लिस्ने उकालो पार गरे पनि तराई र अन्य ठाउ“बाट आएका भक्तजनलाई हम्मेहम्मे पर्दछ । पहाडी चट्टान सीधा ठाडो उकालो लिस्नो (भ¥याङ)जस्तै भएकाले त्यसको नाम
‘लिस्ने’ नामकरण गरिएको छ ।


आर्थिक वर्ष २०७२÷७३ मा तत्कालीन जिल्ला विकास समितिले महाबुगाथमा मनोकांक्षा पूरा गर्न आएकाले टाढाटाढाका पाहुनालाई १९ वटा त्रिपाल दिएर बसोबास व्यवस्था गरेको थियो । जिल्लामा पर्यटन प्रवद्र्धन गर्न र पर्यटकीय स्थल चिनाउन तीन महोत्सव गरे पनि महाबुगाथ मेला गर्न कुनै निकायले चासो
दिएको छैन ।
अधिकांश महोत्सव पैसा कमाउने माध्यम मात्र भएको जिल्लावासीको गुनासो छ । जिल्लामा गठित जिल्ला पर्यटकीय पूर्वाधार समिति पनि यो मेला’bout बेखबर छ । सार्वजनिक कार्यक्रममा दैलेखका क्षेत्र १ र २ का सांसद महाबुगाथको जति गाना गाए पनि बजेट विनियोजन नगरी कार्यकर्ता पाल्ने काम गरेको जिल्लावासीको आरोप छ ।
१९ साउन २०७१ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसद् भवनमा सम्बोधनका क्रममा ‘नेपालमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको’ बताएका थिए । तर, हिमाली जडीबुटीको घरभन्दा आनन्दले थपडी मार्ने नेतालाई महाबुगाथले एकपटक सोच्नुपर्ने बाध्यता बनाएको छ ।


दैलेख र कालीकोट सिमानामा रहेको पवित्र महाबु लेकमा लाग्ने मेलामा हजारौंले पूजाअर्चना गर्दछन् । यो मेलामा जनैपूर्णिमाको अघिल्लो दिन भगवान शिवको पूजाआजा गरी जनै पूर्णिमाको दिन घर फर्किने गर्दछन् । दुई दिन लाग्ने मेलामा ४० हजारभन्दा बढी भक्तजनले पूजापाठ गर्ने भेरी कर्णाली पर्यटन समितिको दाबी छ । मेलामा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि व्यवस्थित बनाउन जिल्ला समन्वय समितिले र महाबु गाउँपालिकाले चासो दिएको छैन ।
जोखिमपूर्ण बाटोको यात्रापछि मेला लाग्ने गन्तव्य पुगिन्छ । मेलामा दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, सुर्खेत, बाँके, अछाम जिल्लाबाट भक्तजन आउने गर्दछन् ।


महाबुमा पुगेर मागेको वरदान पूरा हुने जनविश्वास छ । सन्तान नहुने परिवारले पूरा हुने बुढापाका बताउ“छन् । यहाँ ढुंगाबाटै फुटेर शिवलिंग बनेको देख्न सकिन्छ । निकै अग्लो भूभागमा रहेको रमणीय पाटन क्षेत्रमा एकैछिनमा पानी पर्ने अनि पुनः बादलले ढाक्ने हुँदा पनि पर्यटक आकर्षित हुने गरेका छन् । तर, महाबु’bout प्रचारप्रसार हुन नसक्दा अहिलेसम्म आन्तरिकबाहेक बाह्य पर्यटकले पाइला टेकेका छैनन् ।
चिसो र लगातार वर्षा हुने भूभाग भएकाले भक्तजनले कष्टसाथ रात गुजार्नुपरेको भक्तजनले बताएका छन् । दैलेखदेखि महाबुसम्मको सडक स्तरोन्नति हुनसके बाह्रै महिना धार्मिक पर्यटक यस क्षेत्रमा आउने जिल्ला समन्वय समिति प्रमुख पे्रमबहादुर थापाको विश्वास छ ।


दैलेख भुर्तीका ब्राह्मणका छोरा जलु आचार्य बोल्न सक्दैनथे । उनी ११३७ सालमा महाबु पाटनमा भैंसी चराउन गएका थिए । गोठालो गएका बेला उनले ढुंगामा सुतेको अवस्थामा महादेव दर्शन पाए । ढुंगामा दिनहुँ दूध चढाउनुपर्ने र कसैलाई यो कुरा नभन्ने सर्तबमोजिम उनलाई बोल्न र वेद पढ्नसमेत महादेवले सक्षम बनाइदिए । पछि दिनदिनै दूध चढाउँदा हल्ला भएर अरूले थाहा पाए । अहिले आचार्य ब्राह्मणले दूधको धारा चढाउने र कालीकोटका ब्राह्मणले होम गर्ने परम्परा निरन्तर छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९