कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश

काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् ।

सोही क्रममा कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन महामन्त्री शर्मा कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् । दलहरुले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवार बन्दसूची बुझाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९