हुमाकान्त पोखरेल
गुल्मी धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका टीकाबहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तला स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । यो समय सुन्तला टिप्ने र बिक्री गर्ने भएकाले त झन् उनी बगैंचामै व्यस्त हुन्छन् । यही कारण कुनै बेला खानसमेत समय पाउ“दैनन्, हमाल ।
बिहानैदेखि सुन्तलाकै चिन्तन गर्ने उनी पाहुना आइहाले समय दिन पनि पाउ“दैनन् । आजभोलि हमाललाई भेट्नैपरे बगैंचामै पुग्नुपर्छ । ५२ वर्षीय उनी ३१ वर्षदेखि सुन्तला खेती गर्दै छन् । यही खेतीबाट उनले वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी गर्छन् ।
‘एक वर्ष बिराएर सुन्तला उत्पादन राम्रो हुन्छ, पोहोर ७ लाखको बिक्री गरियो,’ हमाल भन्छन्,
‘यो वर्ष कम्तीमा ५ लाख पर्ने अनुमान छ ।’ सुन्तला व्यापारी लिन घरमै आइपुग्छन् । उनको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटवलसम्म पुग्छ । अहिले प्रतिकिलो ५० देखि ६० रुपैया“मा बिक्री भइरहेको हमाल बताउ“छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा छ । तर, हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । ‘यो पुख्र्यौली पेसा हो, मैले व्यवसायीकरण गरेको मात्र हुँ,’ उनी भन्छन्, ‘घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन ।’
किसान हमालले कुल १२ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । अहिले २ सय ५० बोटमा सुन्तला उत्पादन भइरहेको छ भने थप ४० हजार बिरुवा नर्सरीमा छन् । तीमध्ये अधिकाशं बिरुवा बिक्री हुन्छन् । तीन छोरा, तीन छोरी र श्रीमतीसहित उनको ६ जनाको परिवार छ ।
सुन्तलाका साथै ११ बाख्रा र ११ घार मौरी पनि उनले पाल्दै आएका छन् । घरखर्चका लागि बाख्रा र मौरीबाट मनग्य पुग्छ । सुन्तलाको रकम बचत हुन्छ । ‘घरखर्च अन्य आम्दानीबाट चल्छ, सुन्तलाबाट कमाएको रकम बचत हुन्छ,’ उनले सुनाए, ‘अब तराईतिर घडेरी किनेर घर बनाउने हो ।’
सुन्तलाबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उनको भनाइ छ । तर, राज्यले तरकारी खेतीलगायतका कृषिजन्य सामग्रीमा अनुदान दि“दा पनि सुन्तलामा कुनै अनुदान नदिएको उनको गुनासो छ ।
उनकै गाउँका चन्द्र विकले पनि गत वर्ष ६० हजारको सुन्तला बिक्री गरे । नौ वर्षदेखि व्यावसायिक सुन्तला खेतीमा लागेका विकको बगैंचामा सय बोटले उत्पादन दिइरहेका छन् भने थप ५ सय बिरुवा नर्सरीमा छन् । ६० वटा बिरुवाबाट सुरु गरेका विकले वर्षैपिच्छे आम्दानी बढाइरहेका छन् ।
सुन्तला एकपटक लगाएपछि धेरै वर्षसम्म फल्ने र अन्य खेतीलाई झंै स्याहार गर्नु नपर्ने भएकाले यसतर्फ आकर्षित भएको उनी बताउ“छन् । पछिल्लो समय गुल्मीमा सुन्तला खेती गर्ने कृषक संख्या बढ्दै छ । जिल्लामा सुन्तला कृषकको यकिन तथ्यांक नभए पनि पछिल्लो बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जसका कारण किसानलाई आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।
बिचौलियाको मारमा कृषक
गुल्मीमा सुन्तला उत्पादन अत्यधिक हुने गरेको छ । तर, जिल्लामै भण्डारण गर्ने चिस्यान केन्द्र छैन । जसले गर्दा किसान बिचौलियाको मारमा पर्ने गरेका छन् । ‘टिपेर लामो समयसम्म राख्न पनि मिल्दैन, बोटमै राखे झेरेर सकिन्छ,’ धुर्कोट गाउँपालिका–१ नयाँ गाउँकी माया जिसी भन्छिन् ।, ‘आफूखुसी मूल्य राखेर व्यापारीले लैजान्छन् ।’
आफूहरूसँग ५० रुपैया“ प्रतिकिलो लगेर बजारमा ८० देखि त्योभन्दा बढी मूल्यमा बेच्ने गरेको उनले बताइन् । किसानले ‘अझै सुन्तलाको वास्तविक मूल्य नपाएको’ भन्दै उनले गुनासो गरिन् । किसानलाई भण्डारण समस्याका कारण पनि सस्तैमा सुन्तला बिक्री गुर्नपरेको हो । जिल्लाका अधिकांश ठाउँमा सिँचाइ अभाव, प्राविधिक ज्ञान कमीलगायत समस्याले उनीहरू मर्कामा छन् ।
२५ करोड उत्पादन
सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ घोषणा गरेको छ । गतभन्दा यस वर्ष सुन्तला उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । राम्रो मौसम, अनुदानलगायत तालमेलले गर्दा गत वर्ष २५ करोडभन्दा बढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तर, उत्पादित सबै सुन्तला बजार भने पुग्न
पाएको छैन ।
केन्द्रका निमित्त कार्यालय प्रमुख तनबहादुर राना पोहोर २५ करोडको सुन्तला उत्पादन भएको बताउ“छन् । यस वर्षको भने कुनै तथ्यांक छैन । उत्पादन भएकामध्ये ४० प्रतिशत जिल्लामै खपत हुने र बाँकी ६० प्रतिशत बाहिर निकासा हुने गरेको केन्द्रले जनाएको छ । गुल्मीमा कुल १ हजार २ सय ९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य छ ।
उत्पादन हुने मुख्य क्षेत्र
मुसिकोट नगरपालिका–९ अर्लाङकोटमा ८० हेक्टर सुन्तला उत्पादन क्षेत्रमा पर्छ । तर, यहाँ हाल ५० हेक्टरमा मात्र सुन्तला उत्पादन हुन्छ । बाँकी ३० हेक्टरमा व्यावसायिक सुन्तला खेती गरिएको छैन । मुसिकोट नगरपालिका–८ वामीमा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३० हेक्टर छ । रुरु गाउँपालिकाको बलेटक्सारमा ३० हेक्टर क्षेत्रफल जमिन सुन्तला उत्पादनका लागि योग्य छ । तर, यहाँ कुल १० हेक्टरमा मात्र खेती गरि“दै आएको छ ।
छत्रकोट गाउँपालिका दिगाममा १ सय २० हेक्टरमा सुन्तला उत्पादन गरि“दै आएको छ । जहाँ २ सय ४० हेक्टर सुन्तला खेतीका लागि सम्भावित क्षेत्रफल हो । यही गाउँपालिकाकै हर्दिनेटामा २ सय हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये १ सय ६१ हेक्टर र हुँगामा ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।
गुल्मी दरबार गाउँपालिका गौडाकोटमा १ सय हेक्टर सम्भावित क्षेत्रफलमध्ये कुल ५० हेक्टरमा मात्र सुन्तला खेती हुन्छ । गुल्मी दरबार वीरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ ८५ हेक्टर सम्भावित क्षेत्रफल छ ।
सोही गाउँपालिकाकै राजामा ६० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये ३० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । धुर्कोट गाउँपालिका–६ धुर्कोट रजस्थलमा १ सय ४० हेक्टर जमिनमा सुन्तला व्यावसायिक खेती गरिएको छ ।
जहाँको सम्भावित सुन्तला खेती क्षेत्र २ सय ३० हेक्टर हो । यही गाउँपालिका–१ नयाँ गाउँमा २ सय २५ हेक्टरमा सुन्तला उत्पादन हुन्छ । जहाँ सम्भावित क्षेत्रफल ३ सय हेक्टर रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । सोही गाउँपालिकाकै वडा २ पीपलधारामा १ सय ३८ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल २ सय हेक्टर हो ।
वडा ३ हाडहाडेमा १ सय २९ हेक्टरमा सुन्तला उत्पादन गरिएको छ । जहाँको सम्भावित क्षेत्रफल २ सय २० हेक्टर हो । वडा ४ जैसिथोकमा सम्भावित क्षेत्रफल २० हेक्टरमध्ये १० हेक्टरमा मात्रै उत्पादन गरि“दै आएको छ । वडा ७ वाग्लामा ३० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये १५ हेक्टरमा उत्पादन हुन्छ ।
मदाने गाउँपालिकाको भनभनेमा कुल ४० हेक्टर जमिन सुन्तला खेतीका लागि योग्य छ । तर, यहाँ ३० हेक्टरमा मात्रै उत्पादन हुन्छ । सोही गाउँपालिकाको पुर्काेट दहमा ३० हेक्टर सुन्तला खेतीयोग्यमध्ये १० हेक्टरमा मात्र खेती गरिएको छ ।
कालिगण्डगी गाउँपालिका भुर्तङमा कुल ३५ हेक्टर सुन्तला खेतीयोग्य छ । तर, त्यसमध्ये १० हेक्टरमा मात्र सुन्तला लगाइएको छ । सोही गाउँपालिकाकै जयखानीमा १ सय हेक्टर खेतीयोग्यमध्ये ७० हेक्टरमा लगाइएको छ ।
अर्वेनीमा ६० हेक्टर सम्भावित क्षेत्रफलमध्ये २० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । रेसुंगा नगरपालिका–३ भाडगाउँ, ४ अर्खले, ५ को बालकाटे र ६ को गुरुङगाउँलगायतमा १ सय ९० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जबकि यहाँको सम्भावित क्षेत्रफल ३ सय हेक्टर हो । चन्द्रकोट गाउँपालिकाको हरेवामा ८५ हेक्टर सुन्तला खेतीयोग्यमध्ये ४० हेक्टरमा लगाइएको छ । ल