बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित हुलास स्टिल प्रालिमा प्रमुख जिल्ला अधिकारीद्वारा अनुगमन गरिएको छ । स्थानीयहरुले उद्याेगकाे मुल गेटमै विरोध प्रदर्शन गरेकोले प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर कटुवालकाे टाेली अनुगमन गर्न वाध्य भएकाे हाे ।
उद्याेगबाट निस्किने रसायनयुक्त प्रदुषित पानी प्रशोधित नै नगरि नियम विपरित जङ्गलमा छोडेको भन्दै स्थानियहरुको विरोधपछि प्रशासनले उद्याेग अनुगमन गरेको हो ।
उद्याेगबाट निस्किने प्रदुषित पानीले जङ्गलको हराभरा नष्ट हुने गरेकोले, यसको प्रत्यक्ष असर वतावरणमा पर्ने गरेको थामेमाई वन सिमराका अध्यक्ष विनोद अधिकारीले बताए । रसायनयुक्त पानीले वस्तीको जनजीवन अस्तव्यस्त हुनुकाे साथै जङ्गली जनावरहरूलाई समेत असर पर्ने गरेकोले उधोगको मुल गेटमा धर्नामा बसेका उनले बताए ।
उद्याेगकाे पश्चिम तर्फको पर्खालवाट कालो लेदो एसिड युक्त पानी जङ्गलमा छोडेकाे र उद्याेगबाट निस्किने तिव्र गतिको आवजले घरहरु चर्किएकोले स्थानियले गुनासाे गरेकाे बडाअध्यक्ष हिरा बहादुर गुरुङले बताए । उद्याेगले अटेरी गरेकोले स्थानियहरूले मुल गेटमा धर्ना दिएको उनले बताए ।
उद्योगको धुवाँ रसायनयुक्त पानीले स्थानियहरुमा टाउका दुख्ने, वाकवाकी लाग्ने, आँखामा समस्या, छाला चिलाउने, जनावरहरूमा असर गर्ने लगायतका समस्या देखिएको भन्दै स्थानियहरुले प्रशासनसँग गुनासो गरेका थिए ।
स्थानियको गुनासोपछि जीतपुर सिमरा उपमहानगर नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित प्रशासनको टोलीले उद्योग भित्र र प्रभावित क्षेत्रहरुमा स्थलगत अनुगमन गरेका थिए ।
उद्योग अनुगमन पश्चात बसेको बैठकले एक महिना भित्र स्थानियहरुको समस्या समाधान गर्न उद्योग प्रशासनसँग ५ बुँदे सहमती भएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी गराए ।
यता उद्याेग प्रशासन प्रमुख चन्द्र चापाँगाईले अनुसार नेपाल सरकारले ताेकेकाे मापदण्डको पालना गरेको दाबी गरे । जनप्रतिनिधि र स्थानिय प्रशासनको रोहवरमा उद्योग प्रशासन र स्थानिय बिच भएको ५ बुँदे सहमतीमा हुलास उधोगले रसायनयुक्त पानीको व्यवस्थापन गर्ने, समाजिक उतरदायित्व अन्तर्गत स्थानीय दक्षलाई रोजगारी दिने, शिक्षा, स्वास्थ्य, वातावरण व्यवस्थित गर्न वृक्षारोपण लगायतका कार्यहरु गर्ने सहमति भएको छ ।
वायु प्रदुषणको लागि अत्याधुनिक प्रविधिमार्फत ध्वनी कम्पन नियन्त्रण गर्ने, उद्योगको उत्तरतर्फ लिकेज रहेको एसिड टंयाकी र चिम्नी एक महिनाभित्र स्थानान्तरण गर्ने सहमती भएको । ५ बुँदे सहमती पछि स्थानियहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।






