ताराको सांगीतिक सुनौलो तारा

काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नो नयाँ गीतिसंग्रह ‘सुनौलो तारा’ बजारमा ल्याएकी छन् । काठमाडौंमा एक कार्यक्रमका बीच पूर्वमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, चलचित्रकर्मी चेतन कार्की, संगीतकारकर्मीहरू जगतमर्दन थापा, गणेश रसिक, अभिनेत्री भुवन चन्द, कवि उषा शेरचन, दीपक केसी, दीपक जंगम, राजु सिंहलगायतले यो गीतिसंग्रहको संयुक्त विमोचन गरे ।

गीतकार शंकरप्रसाद कोइरालाले कार्यक्रममा बोल्दै अहिलेको अवस्थामा एल्बम नै निकाल्नु सराहनीय कार्य भएको बताए । कभरमा पेनड्राइभ राखेर एल्बम निकाल्ने शैली आधुनिक प्रविधि सुहाउँदो भएको उनले बताए । गीतकार तथा चलचित्रकर्मी चेतन कार्कीले गीतलेखन शैली मात्र नभएर गीतकार तारा अधिकारीको अभिनय पनि राम्रो रहेको बताए । गीतकार तारा अधिकारीले गीतसंगीत एक किसिमको लत भएकाले नयाँ संग्रह ल्याएको बताइन् ।

विमोचित संग्रह सुनौलो तारामा नौवटा गीत छन् । ती गीतमा दीपकजंगम, वसन्त सापकोटा, कल्याण सिंह, दीपक शर्मा, सुवास भुसाल, उमेशराज खड्का, रमेश कडरियाको संगीत छ । यी गीतहरूलाई स्वरूपराज आचार्य, अन्जु पन्त, प्रमोद खरेल, राज सिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिता अधिकारी, कविता श्रेष्ठ, निकेश राईको आवाज छ । सुनौलो तारामा पहिलो एल्बममा रहेका दुईवटा गीत पनि राखिएका छन् ।

कार्यक्रममा ‘फुलेको केश…’ गीतको भिडियो पनि देखाइयो । भिडियोलाई रमेश थापाले निर्देशन गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नहकुल खड्काको सम्पादन छ । जसमा दिलिप रायमाझी, सिरु विष्ट, स्वयं गीतकार तारा अधिकारी र बालकलाकार सुलोचना आचार्यले अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?