आधा दर्जन चलचित्रको रिलिज स्थगित

काठमाडौं । अबको दुई महिनासम्म प्रदर्शन हुने सबै नयाँ नेपाली चलचित्रको रिलिज स्थगित भएको छ । कोरोना भाइरस (कोभिड १९)बाट उच्च सतर्कता अपनाउन सरकारले बिहीबारबाट सिनेमा हल बन्द गरेको छ । सिनेमा हल नै ४० दिन बन्द हुने भएपछि यी नयाँ फिल्महरूको पनि प्रदर्शन रोकिएको हो ।

बिहीबार मात्र तीनवटा नयाँ नेपाली चलचित्रको रिलिज स्थगित गरिएको छ । यही २८ चैतबाट रिलिज हुने भनेर तीव्र प्रचार गरिएको चलचित्र ‘चपली हाइट–३’ अब यो मितिमा प्रदर्शन नहुने भएको छ ।

निकेश खड्का निर्देशित यो चलचित्रको ट्रेलर शुक्रबार रिलिज गरिने भनिएको थियो । तर, कोरोनाको सन्त्रासका कारण टे«लर भोलि रिलिज हुने सम्भावना घटेको छ । यो चलचित्रका निर्माता अर्जुन कुमारले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै २८ चैतमा रिलिज हुने

भनिएको आफ्नो फिल्म स्थागित भएको बताएका छन् । विश्वव्यापी रूपमा कोरोना भाइरसको प्रभाव बढिरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा भएकाले यसको रिलिज रोेकेको उनले बताए । चपली हाइट र चपली हाइट २ पछि चपली हाइट ३ निर्माण गरिएको हो । जसमा महेश त्रिपाठी, स्वस्तिमा खड्का, सुपुष्पा भट्टसहितका कलाकारको मुख्य भूमिका छ ।

यस्तै, २८ चैतमै रिलिज गर्ने भनिएको चलचित्र प्रेमगीत ३ पनि रिलिज स्थगित भएको छ । निर्माण पक्षले यो चलचित्रको रिलिज अब २८ चैतमा नहुने निर्णय लिएको हो । निर्माता निर्देशक सन्तोष सेनका अनुसार मुलुक कोरोना भाइरसको उच्च जोखिममा रहेकाले ४० दिनका लागि सिनेमा हल बन्द गरिएको छ । सिनेमा हल नै बन्द गरिएका कारण आफ्नो चलचित्रको रिलिज स्थगित गर्नुपरेको उनले बताएका छन् । यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रेम पुरी, अनुभव रेग्मीसहितको मुख्य भूमिका छ ।

यही २१ चैतबाट रिलिज हुने भनिएको चलचित्र लक्का जवानको प्रदर्शन पनि स्थगित गरिएको छ । यो चलचित्रका निर्देशक शिवहरि पौडेलका अनुसार मुलुकको विषम परिस्थितिका कारण फिल्म रिलिज स्थगितको घोषणा तीन दिनअघि नै गरिएको हो । यो चलचित्रका निर्माता किरण केसीका अनुसार लक्का जवान अब आगामी भदौमा मात्र रिलिज हुने भएको छ । जसमा दीलिप रायमाझी, प्रियंका कार्कीसहितको मुख्य भूमिका छ । ७ चैत शुक्रबारबाट रिलिज हुने भनिएको फुलमान बलको फिल्म कोरोना त्रासकै कारण रिलिज सरेको छ । यो फिल्म अब सम्भवत जेठमा रिलिज हुने निर्देशक बलले बताएका छन् । दयाहाङ राई, शान्ति लामा, बुद्धि तामाङसहितका कलाकारको मुख्य भूमिका यसमा छ ।

आगामी १२ वैशाखबाट रिलिज हुने भनिएको चलचित्र ‘हिजो आजका कुरा’को रिलिज पनि स्थगित भएको छ । मुलुकभरका सिनेमा घरहरू आगामी १८ वैशाखसम्म बन्द रहने भएकाले १२ वैशाखपछि मात्र नयाँ रिलिज डेट आउने बताइएको छ । साकार पन्तले निर्देशन र सन्तोष पन्तले निर्माण गरेको यो चलचित्रको अहिले पोस्ट प्रोडक्सन कार्य भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए