चेतनको मर्मस्पर्शी गीतमा सरिता

काठमाडौं । गायक चेतन राईले यथार्थपरक नयाँ गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । गायक राईले ‘मरेर के लानु छ…’ गीतको भिडियो ल्याएका हुन् । आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत उनले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । वास्तविकता तथा अध्यात्ममा आधारित यो गीतमा सूर्य रुम्बाको शब्द तथा संगीत छ । विजेश्वर तण्डुकारले गीतमा संगीत संयोजन गरेका छन् ।

सन् २०१० मै पहिलो एल्बम ‘सेभेन’ सार्वजनिक गरिसकेका गायक राईको दोस्रो एल्बम ‘साउन्ड’ सन् २०१५ मा सार्वजनिक भएको थियो । फराज अर्पणद्वारा निर्देशित यो  गीतको भिडियो मर्मस्पर्शी छ । भिडियोमा अभिनेत्री सरिता लामिछाने, मोडल आयान बज्राचार्य, प्रज्ञादीप राई र डा. सुवान्त के कुसुवाहले अभिनय गरेका छन् । भिडियोको छायांकन र सम्पादन फराजकै हो ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी