सन् १९२४ को कुरा हो । ‘गीताञ्जली’ महाकाव्य लेखेर १९१३ मा साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गरेका बंगाली कवि रवीन्द्रनाथ ठाकुर घुम्दै अर्जेन्टिना पुगेका थिए । गीताञ्जलीको अनुवाद स्पेनिस भाषामा समेत भएको हुँदा अर्जेन्टिनामा पनि उनका पाठक थिए । तीमध्ये एक थिइन्, साहित्यकार तथा प्रकाशक भिक्टोरिया ओक्याम्पो । ठाकुर ब्युनसआइरिसमा छन् भन्ने थाहा पाएकी गुरुदेवकी ‘प्mयान’ ओक्याम्पोले उनलाई आप्mनो आफन्तको घरमा लगेर राखिन् । त्यहाँ उनीहरूको दैनिक भेट भइरह्यो । ओक्याम्पो ठाकुरप्रति अत्यन्तै आकर्षित हुँदै गइन् ।
एक दिनको कुरा हो । रवीन्द्रनाथ कविता लेख्दै थिए । ओक्याम्पो निकटमा उभिएर कविले लेखेको हेरिरहेकी थिइन् । ओक्याम्पो आप्mनो आत्मवृत्तान्तमा लेख्छिन्, ‘त्यसै अवस्थामा ठाकुरले मेरो छातीमा हात ल्याए । म स्तब्ध भएँ । मलाई अचानक जोडले चाबुकले हानेजस्तो महसुस भयो । परन्तु, मभित्रको अर्को जीवले भन्यो, ‘शान्त भएर बस् । यो केवल कोमल भाव मात्र हो ।’ ओक्याम्पोले त्यो स्पर्शलाई प्रोत्साहन नदिएको हुँदा बुद्धिमान् कविले कुरा बुझिहाले । उनले ओक्याम्पोले कोरेको लक्ष्मणरेखाको उल्लंघन त्यसपछि कहिल्यै गरेनन् ।
भिक्टोरिया ओक्याम्पो रवीन्द्रसँग मुग्ध थिइन् । परन्तु, रवीन्द्रले दैहिक आकांक्षाभन्दा टाढा श्रद्धा र निष्ठाले भरिएको ‘प्लेटोनिक लभ’लाई ठम्याउन सकेनन् । वैधव्यको जीवन बिताइरहेका ६३ वर्षीय कविले ३४ वर्षकी सुन्दरीको प्रेम शारीरिक मिलनभन्दा माथि उठेको छ भन्ने कुरा बुझेनन् । धेरै ‘सेलिब्रिटी’ त्यस्तो खालका आध्यात्मिक प्रेमलाई बुझ्न नसकेर गलत क्रियाकलापमा सरिक हुन्छन् । प्लेटोनिक लभ प्रायः शारीरिक आकर्षणसँग सम्बन्धित हुँदैन । त्यो त व्यक्ति नभई व्यक्तित्वप्रतिको लगाव र झुकाव हो । त्यसमा प्रेमिकाले प्रेमीप्रति या प्रेमीले प्रेमिकाप्रति अगाध विश्वास गरेको हुन्छ । दैहिक सौन्दर्यको प्रशंसा गरे तापनि यौनिक अनुराग हुँदैन । त्यस्तो प्रेममा प्रेमीको उत्तरोत्तर उन्नयनको चाहना निहित रहेको हुन्छ ।
मनुष्यको मति न हो, ऐन मौकामा भावुक बनेर पछारिन्छ । मतिको मामिला बडो जटिल छ
त्यो प्रेममा उमेर र लिंगको सीमा हुँदैन । सेलिब्रिटीप्रति घनीभूत लगावले गर्दा प्रेमी पागलजस्तो भएको हुन सक्छ । धेरै वर्षअघिको कुरा हो । हिन्दुस्तानमा आम दर्शकबाट ‘ड्रिम गर्ल’को उपाधिले विभूषित सिने नायिका हेमा मालिनीलाई भेट्न पाकिस्तानको लाहोरबाट एउटा युवक आएछ । सायद, उसमा यौनिक चाहना थिएन । तर, अभिनेत्रीको शरीर प्रत्यक्ष नियाल्ने र नजिकैबाट वाणी सुन्ने अभिलाषा थियो । त्यो सनकी मजनु आउनाले हेमाको घरमा भएको ‘हादसा’ को कहानी रोचक छ । आप्mनो मन परेको नेता, अभिनेता, खेलाडी, कवि, लेखक, शिक्षक, कलाकार या गायक जोसुकैप्रति मोहित भएको प्mयानले उसलाई भेट्न खोज्नु स्वाभाविक हो । ऊसँगै बसेर फोटो खिच्ने, कफी खाने, कुरा गर्ने र कतै घुम्न जाने इच्छा लाग्नु मानवीय स्वभाव नै हो । त्यस्तोमा प्mयानमध्ये कोही शारीरिक मिलन गर्ने इच्छाको उफानमा पनि हुन सक्छ । प्mयान त ‘दिवाना’ हुन्छ । उसले भवितव्यको डर मानेकै हुँदैन । जिम्मेवार हुनुपर्ने सेलिब्रिटी स्वयं हो । क्रिकेटर सन्दिप लामिछाने र कथित किशोरीको मामिलामा सन्दिप जिम्मेवार र परिपक्व हुन सकेको देखिएन । सायद, उनको कामुक आँखाले भावना होइन, शरीर मात्र देख्यो । त्यस्तो व्यवहारले जटिल रूप धारण गर्न सक्छ भन्ने नसोच्नु र आप्mनो प्mयानलाई जे गरे पनि हुन्छ भनेर व्यवहार गर्नु उनको बेमनासिब हर्कत थियो । त्यो मामिलामा सन्दिपले जानाजान गल्ती गरेको हुँदा फल पनि बेहोर्नुपर्छ । आगो खानेले अँगार दिसा गर्नुपर्छ ।
सेलिब्रिटी र प्mयानबीचको मामिला बडो पेचिलो र जटिल छ । सेलिब्रिटीप्रति प्mयानले गर्ने प्रेम प्रायः गरेर प्लेटोनिक नै हुन्छ । त्यसमा जैविक सुखभन्दा माथि उठेको भावनात्मक झुकाव हुन्छ । अत्यन्त सम्मान, लगाव र निष्ठाका कारण प्mयानले सेलिब्रिटीले जे भन्यो त्यही स्वीकार गर्न पनि सक्छ । आशाराम बापुले भक्तिमा ‘फिदा’ भएका युवतीहरूको इज्जत लुट्ने काम गरेका थिए । एक पक्षको सात्विक प्रेमलाई अर्को पक्षले बुझ्न सकेन या बुझ पचायो भने दुर्घटना अवश्यम्भावी छ ।
मानव स्वभावको गति र आयाम पहिल्याउन बडो कठिन र दुरुह छ । अर्जेन्टिनी लेखिका भिक्टोरिया ओक्याम्पो सेतै दाह्री कपाल फुलेका रवीन्द्रमा कसरी आकर्षित हुन पुगिन् ? रवीन्द्र स्पेनिस नजान्ने, भिक्टोरिया बंगाली नजान्ने । स्वभाषीबीच त आत्मिक अनुराग र प्रेम पोख्न शब्द अपर्याप्त हुन्छन् भने तेस्रो भाषा अंग्रेजीमा कसरी अन्तःकरणको गहिराइमा रहेको भाव आदानप्रदान भयो होला ? उनीहरूबीचको प्रेम प्रसंग’bout ‘थिंकिङ अफ हिम’ भन्ने फिल्म नै बनेको छ । अर्जेन्टिनीलाई देशको राजनीति, धर्म, समाज, अर्थतन्त्र, संस्कृति, प्रेमसम्बन्ध, वैवाहिक जीवन आदिजस्ता कुरा’bout सोधियो भने उनीहरूको उत्तर हुन्छ रे, ‘कम्प्लिकाडो चे’ (जटिल छ साथी !) ।
कुनै प्रेम कालिदासको कुमारसम्भवमा वर्णित पार्वतीका दासीहरूप्रति ईष्र्या गर्ने रमणीको जस्तो हुन्छ । कुनै प्रेम गोपीहरूले कृष्णलाई गरेको अशारीरिक अनुरागजस्तो हुन्छ । कुनै द्रौपदीले कृष्णप्रति राखेको निष्ठाजस्तो हुन्छ । कुनै आशक्ति रामायणमा वर्णित सवरीको जस्तो हुन्छ । भारतमा सायद अमिताभ बच्चनप्रति भावनात्मक समर्पण भएका असंख्य नारी छन् । परन्तु, शारीरिक र वैवाहिक बफादारीको हिसाबले उनीहरू निक्खर पतिव्रता हुन् ।
प्लेटोनिक लभ समानलिंगी या विपरीतलिंगी जोसुकैबीच हुन सक्छ । त्यस्तोमा प्mयानभन्दा सेलिब्रिटी ज्यादा जिम्मेवार हुनु आवश्यक छ । विशेष गरेर किशोर किशोरीको शोषण गर्न सजिलो हुन्छ । उनीहरूको ‘मोटिभ’ यौनिक हुँदैन किन्तु त्यस्तो वातावरण पैदा गरियो भने सहजै जालमा पर्न सक्छन् । जैविकरू पमा यौवन प्राप्त गरेकै भए तापनि उनीहरूमा परिणामको आँकलन गर्ने क्षमता हुँदैन । करिब ४० वर्षअघिको कुरा हो । हिन्दी फिल्मका अभिनेता ज्याकी स्राफको अभिनय कलाबाट मोहित भएकी एक जना नेपाली युवती फाल हाल्दै हिन्दुस्तान पुगेर स्राफलाई भेटिन्छन् ।
रवीन्द्रले दैहिक आकांक्षाभन्दा टाढा श्रद्धा र निष्ठाले भरिएको ‘प्लेटोनिक लभ’लाई ठम्याउन सकेनन्
उनी त्यसरी एउटा युवकलाई भेट्न देशै छाडेर किन गइन् ? त्यो एक पटमूर्खता थिएन त के थियो ? परन्तु, भन्न सजिलो छ, जटिल ग्रन्थि फुकाउन मुस्किल । स्राफले चाहेका भए ती युवतीलाई जे पनि गर्न सक्थे । किन्तु, उनी सन्दिपजस्तो कच्चा निस्केनन् । युवतीलाई सुरक्षित स्वदेश फर्काइदिए । प्mयानहरू खतरनाक हुन्छन् । उस्तै परे नांगै भएर नाचिदिन्छन्, अंगालो हाल्न जान्छन्, किस गरिदिन्छन् र यौन अभिलाषा व्यक्त गर्न पनि बेर लाउन्नन् । प्यान त लज्जाहीन तवरले गतिछाडा पनि भइदिन सक्छ ! संयमित हुनुपर्ने जसले मोहनी लगायो, त्यही सेलिब्रिटी नै हो । परन्तु, मनुष्यको मति न हो, ऐन मौकामा भावुक बनेर पछारिन्छ । मतिको मामिला बडो जटिल छ !
एउटा अनुसन्धानले के देखाएको छ भने विपरीत लिंगीको मित्रतामा महिलाभन्दा पुरुषहरू कमजोर हुन्छन् । प्रायः महिलाहरू पुरुष मित्रप्रति यौनिक तवरले आशक्त भएका हुँदैनन् । उनीहरूले आप्mनो पुरुष मित्र पनि त्यस रूपमा आकर्षित नभएको अनुमान गरेका हुन्छन् । उता, पुरुष भने प्रायः शारीरिक तŒवबाट अभिप्रेरित रहेको हुन्छ र नारी मित्रलाई पनि सोही रूपमा सोचेको हुन्छ । यो मामिला साह्रै जटिल रहेको हुँदा सम्बन्धित पक्षहरू सदैव होसियार रहनु जरुरी छ ।
महिलाको सुकोमल वाणी, विश्वास र भरोसालाई अर्कै रूपमा बुझ्नु ठूलो अन्याय र अनैतिकता हो । नारीहरू प्रायः व्यक्तिभन्दा व्यक्तित्वबाट प्रभावित भएका हुन्छन् । भिक्टोरिया ओक्याम्पो जस्तै । त्यस्तो लगाव हितमा आधारित हुँदैन । त्यो झुकाव शब्दातीत छ । आम्रपालीको बुद्धप्रतिको प्रेम सायद त्यस्तै अवर्णनीय थियो । राजा भर्तृहरिलाई पिंगला वेश्याले गरेको प्रेम पनि सायद त्यही कोटीको थियो ।
यो मनोवैज्ञानिक जटिलताको ग्रन्थि फुकाउन कठिन छ । यो ‘समथिङ बियोन्ड द इम्याजिनेसन’को अवस्था हो । किन्तु, यदाकदा मानिस अरिंगाल बनिदिन्छ । अरिंगाललाई ‘नसोधीकन टोक्ने ?’ या ‘उमेर नपुगेकालाई टोक्ने ?’ भनेर प्रश्न त गरिएला । उसलाई कानुनबमोजिम समातेर मिचमाच पनि पारिएला । तर, पीडितलाई पनि दाग त लाग्छ नै ।
हामी सभ्यताले तोकेको सीमाभित्र बस्छौं । हामीलाई प्रकृतिको उक्साहटमा मच्चिने सुविधा प्राप्त छैन । संस्कृतिले प्रदान गरेको बन्धन र अनुशासनको पालना नै हाम्रो प्राथमिक कर्तव्य हो । जैविक परिपक्वताका लागि कानुनी प्रावधान राखेपछि अन्यथा तर्कको कुनै औचित्य छैन । कानुनी राज्यमा प्रकृतिले दिएको जैविक अवस्थालाई नभई कानुनले तोकेको उमेरको ख्याल राख्नु आवश्यक छ ।






