शिक्षा व्यवहारमा खोजौं

अहिले पढ्ने विद्यार्थी, पढिसकेका शिक्षितहरूलगायत राज्य, शिक्षक, प्राध्यापक, अभिभावक, शिक्षाविद्, बुद्धिजीवीहरूले हाम्रो शिक्षा व्यावहारिक नभएको कुरा बताउँछन् । ‘छोराछोरीलाई ठूलो लगानी गरेर पढायो, लेखायो, न त उसमा (शिक्षितमा) घरायसी कामकाज गर्ने ज्ञान वा सिप नै आर्जन भयो, न त कृषि, पशुपालन वा अन्य कुनै उद्यम गर्नसक्ने क्षमता’ भन्ने अभिभावक धेरै छन् । पढेलेखेका शिक्षितमा देशप्रेम र स्वाभिमान पनि कमजोर बन्दै गएको भन्नेहरू पनि छन् । जननी जन्मभूमिश्च श्वर्गादपी गरियसीको भावना कमजोर बन्दै गएको स्थिति छ । यसरी हेर्दा हाम्रो शिक्षाले शिक्षितहरूमा व्यावहारिक ज्ञान, पेसामैत्री सिप एवं देशभक्तिको भावना कमजोर भएको अनुभूति हुन्छ ।

शिक्षा शिक्षित हुनका लागि मात्र होइन, दीक्षित हुनका लागि पनि हो


स्वदेशमा नै आर्थिक उन्नति गर्नसक्ने सक्षम जनशक्ति उत्पादन गर्नसक्नु शिक्षाको आर्थिक कार्य हो । शिक्षालाई पेसामैत्री वा व्यावसायिक बनाउनुपर्नेमा सर्वत्र आवाज उठ्ने गरेका छन् । देशका विश्वविद्यालयमा उच्चशिक्षा हासिल गरेपछि विदेश पलायन हुनुपर्ने बाध्यता छ । ब्रेन्डे«न व्याप्त छ । विदेसिनु रहर होइन, बाध्यता हो भन्ने प्रमाणपत्रधारीहरूको कथन र गुनासो छ । सिद्धान्तका ठेली कण्ठ गरेर प्राप्त श्रेणीगत प्रमाणपत्रहरूले व्यावहारिक ज्ञान एवं व्यावसायिक सिप दिन नसकेकाले ब्रेन्डे«नको अवस्था आएको हो । यस कार्यमा शिक्षा असफल छ । शिक्षाले देशमा भएको प्राकृतिक स्रोत र साधनको पहिचान, उत्खनन एवं उपयोग गर्नसक्ने ज्ञान र सिप भएका जनशक्ति उत्पादन गर्न सकेको छैन । कृषि, पशुपालन, उद्योग, व्यापारलगायतका क्षेत्रलाई आयआर्जन गर्नसक्ने भरपर्दो पेसा बनाउन सकेको छैन । शिक्षित वर्ग आत्मनिर्भर बन्न सकेका छैनन् । यसरी हेर्दा हाम्रो शिक्षा व्यावहारिक देखिँदैन । जीवनोपयोगी छैन । सिद्धान्तका गफ गर्ने कला आर्जन गर्नु मात्र शिक्षाको काम होइन । शिक्षा वैज्ञानिक, व्यावहारिक, पैसामैत्री एवं जीवन उपयोगी हुनु पर्छ ।

त्यसो त, हाम्रो शिक्षा प्रणालीलाई समय सापेक्ष, व्यावहारिक र उद्यमशील बनाउनका लागि राज्यले प्रयास नै नगरेको भने होइन । राज्यले विभिन्न कालखण्डमा शिक्षा आयोग निर्माण गरेर प्रतिवेदन लेखाउने काम ग-यो । यस वर्ष पनि शिक्षाको गुणस्तरका लागि १५ वर्षीय सोचपत्र निर्माण गरेको छ । सरकारको दृष्टिकोण र कार्यशैली हेर्दा यो सोचपत्र पनि कर्मकाण्डकै रूपमा मन्त्रालयमा गफ गर्ने मसला हुने देखिन्छ । ’cause, हाम्रो शिक्षा क्षेत्रलाई निर्देशन गर्ने नीति नभएर होइन । राज्य र यसका निकायहरूको कार्यशैलीका कारण शिक्षाको शाख घटेको हो । यसभन्दा अगाडिका शिक्षा आयोगका प्रतिवेदनहरूमा लेखिएका व्यावहारिक कुरा पनि लागू हुन सकेनन् । शिक्षालाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्नु अव्यावहारिक हुन्छ । यस्तै भइरहेको छ ।

व्यावहारिक शिक्षाको कुरा गर्दा नागरिकमा आचरण निर्माणको पक्ष अत्यन्त महत्वपूर्ण ठानिन्छ । शिक्षाले व्यक्तिमा आत्मानुभूति, अन्तरनिहित क्षमताको विकास, लोकतान्त्रिक आचरणको अभ्यास एवं भाषिक सिपको विकास वाञ्छनीय ठानिन्छ । शिक्षाको व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय उद्ददेश्य हुन्छन् । आजका विद्यार्थीले भोलिको जीवनलाई तयार गर्ने व्रmममा आवश्यक पर्ने बहुआयामिक विषयवस्तुको ज्ञान आर्जन गर्नुपर्ने हुन्छ । समयानुसार आपूmलाई समायोजन गर्नसक्ने क्षमताको विकास गर्नु नै व्यावहारिक शिक्षाको एउटा पाटो हो । शिक्षा समाजका लागि पनि भएकाले शिक्षितहरूले सामाजिक आवश्यकताहरूलाई पूरा गर्न योग्य हुनुपर्नेे अपेक्षा गरिन्छ । यसो हुन सकेको छैन ।

शिक्षाको सामाजिक कार्य’boutमा समाजशास्त्रका पिता मानिने जर्ज पेनले व्यक्ति र समाजलाई परम्पराको आत्मसाक्षात्कार गराउने, नयाँ सामाजिक ढाँचाको विकास गर्ने र सिर्जनात्मक कार्य गर्न सक्षम बनाउने काम शिक्षाको हो भनेका छन् । उनको अवधारणालाई मान्ने हो भने हाम्रो शिक्षाले उल्लेखित तीनवटै क्षेत्रमा प्रभावकारी काम गर्न सकेको देखिँदैन । सामाजिक कार्यको कुरा गर्दा समाजलाई योगदान दिनु हो । आज शिक्षितहरू विदेसिएका छन् । परम्पराको साक्षात्कार गराउनुको अर्थ आप्mनो देश, समाज, भाषा, संस्कृतिको विकास, संरक्षण र संवद्र्धन गर्दै नयाँ पुस्तालाई पुस्तान्तरण गर्नु हो । यसो हुन सकेको छैन । समाजमा नयाँ पुस्ता पाश्चात्य संस्कृतिमा रमाउने गरेका छन् । देखासिखी गरेका छन् । यसरी हेर्दा शिक्षाले परम्पराको आत्मसाक्षात्कार गर्न सकेको देखिँदैन ।

कस्तो पाठ्यक्रम निमार्णगरी कस्ता पाठ्यपुस्तकमार्फत कस्ता गुरुजनबाट शिक्षण सिकाइ उपलब्ध गराउने आधिकारिक संस्था राज्य हो । पाठ्यक्रमविद् हिल्टा टावाका अनुसार पाठ्यक्रमलाई विद्यालयभित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धिहरू प्राप्त गराउने साधन भनेका छन् । पाठ्यक्रमलाई समग्रमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सिप र अनुभवहरूको विस्तृत योजना भनिन्छ । राष्ट्रिय शिक्षा पद्घति योजना २०२८ ले पाठ्यक्रमलाई शिक्षाको उद्देश्य प्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम भनेको छ । शिक्षा शब्दकोषका अनुसार पाठ्यक्रम भनेको उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत र मूल्यांकनको साधन भन्ने भनाइ छ । युनेस्कोका अनुसार शिक्षाको उद्देश्य प्राप्तिका लागि विद्यालय तथा शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरिएको योजना र निर्देशनअनुसारको सम्पूर्ण अनुभवको सँगालो हो । हाम्रो देशको सन्दर्भमा उल्लेखित पाठ्यव्रmमको परिभाषासँग मिल्दो तहगत पाठ्यव्रmम निर्माण भएको छ त ? राज्यले अवलम्बन गरेको शिक्षा प्रणालीले व्यक्ति, समाज र समग्र राष्ट्रको विकास गर्नसक्ने शिक्षा प्रदान गरेको छ त ? छैन । शिक्षितहरूमा सर्वाङ्गीण विकास भएको छ त ? अर्थात् उनीहरूले जीवनमा आवश्यक ज्ञान एवं सिप हासिल गर्न सकेका छन् त ? विद्यार्थीहरूलाई भविष्यका लागि तयार गरिएको छ त ? उल्लेखित प्रश्नको जवाफ खोज्ने बेला आएको छ ।

सिद्धान्तका ठेली कण्ठ गरेर प्राप्त श्रेणीगत प्रमाणपत्रले व्यावहारिक ज्ञान एवं व्यावसायिक सिप दिन नसकेकाले ब्रेन्डे«नको अवस्था आएको हो


आचरण निर्माणको दृष्टिकोणबाट मूल्यांकन गर्दा शिक्षा कमजोर देखिन्छ । श्रवणकुमारले आप्mना अन्धा बुबाआमालाई बोकेर तीर्थयात्रा लगेको कथा पढाएर विद्यार्थीले के सिके ? उनीहरूको व्यवहारमा के परिवर्तन भयो ? अर्थात् विद्यार्थीकोे आचरण र अभ्यासमा के देखिन्छ ? भन्ने अर्थमा सिकाइको उपलब्धि हुन्छ । आज समाजमा आपूmलाई जन्म दिने बुबाआमा शिक्षित सन्ततिबाट नै पीडित छन् । बुढेसकालमा सन्तानको सहारा नपाउने ज्येष्ठ नागरिकको संख्या बढ्दै छ । यसैगरी, शिक्षा दिने गुरुको आदेश र उपदेशलाई शिरोधार्य गर्ने विद्यार्थी भेट्याउन गाह्रो भइसकेको छ । गुरुजन र शिष्यबीचमा एकलव्य र द्रोणाचार्यको जस्तो व्यवहार हराउँदै गएको छ । विश्वविद्यालयमा गुरुजनलाई कार्यालयमा थुन्ने र थुनाउनेजस्ता कार्य हुने गरेका छन् । हरेक शिक्षितमा ठूलालाई इज्जत, सानोलाई माया, सहिष्णु व्यवहार, लोककल्याणकारी कर्म कमजोर बन्दै छ ।

शिक्षाविद् थोमसनले भनेझैं शिक्षा व्यक्तिको बानी, व्यवहार, विचार र धारणाहरूको स्थायी रूपमा परिवर्तन गर्ने साधन हो भन्ने कुरालाई मान्ने हो भने हाम्रो शिक्षा दयनीय बन्दै गएको अनुभव हुन्छ । सरकारी कार्यालयमा पढेलेखेका शिक्षितहरू छन् । सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँमा शिक्षित नै पुगेका छन् । राजनीतिमा पनि टाठाबाठाको नै बाहुल्यता छ । देशका सरकारी कार्यालय तथा गैरसरकारी संघ, सस्था, संस्थान, नियोगजस्ता ठाउँ पनि शिक्षित दीक्षित नै उपस्थित छन् । तर, यी ठाउँमा भ्रष्टाचार, ढिलासुस्ती, नातावाद, फरियावाद, फट्याइँ एवं धुत्र्याइँ हुने गरेको छ । यसैगरी, शिक्षित किशोरकिशोरी साइबर अपराध, मादक पदार्थ दुव्र्यसनी, धूम्रपानजस्ता कुलतमा लाग्ने गरेको तथ्यांक छ । तसर्थ, व्यक्तिलाई अनुशासित, मर्यादित, सहिष्णु, कर्तव्यनिष्ठ, परोपकारी तथा सांस्कारिक बनाउने काममा शिक्षा व्यावहारिक भएको पाइँदैन ।

अहिले, समाजमा पहिलेको तुलनामा पढ्ने लेख्नेको संख्यामा बढोत्तरी भएको छ । देशमा हजारौंको संख्यामा शिक्षालय छन् । लाखांैको संख्यामा विद्यार्थीले अध्ययन गर्छन् । राज्यले शिक्षामा ठूलो धनराशी खर्च पनि गर्दै आएको छ । परन्तु, समाजमा चोरी डकैती, सम्बन्धविच्छेद, भ्रष्टाचार, हिंसा, बलात्कार, दुव्र्यसन, अपराधीकरण, सांस्कृतिक विचलनजस्ता समस्या बढिरहेको अवस्था छ । नैतिकता, इमानदारिता, लोककल्याणकारी चिन्तन, सकारात्मक सोच, परोपकार, सामाजिक सद्भावजस्ता मानवीय गुण हराउँदै गएको अवस्था छ । समाजले सज्जन, कल्याणकारी र अरूको हित चिताउने व्यक्ति भेट्टाउन गाह्रो हुँदै छ । समाजमा झैझगडा, बेमेल, द्वन्द्व बढ्दो छ । व्यवहार निर्माणको दृष्किोणबाट हेर्दा राज्यले कस्ता शिक्षित नागरिक उत्पादन गररिहेको छ भन्ने कुरा चोटिलो र पेचिलो बनेको छ ।


नागरिकले अधिकार र कर्तव्यलाई एक सिक्काका दुई पाटाका रूपमा बुभ्mन जरुरी हुन्छ । शिक्षा शिक्षित हुनका लागि मात्र होइन, दीक्षित हुनका लागि पनि हो । सिद्धान्तका गफ गर्नका लागि मात्र होइन । पढेलेखेका कुरालाई व्यवहारमा उतार्नका लागि पनि हो । शिक्षितहरूमा नयाँ चिन्तन, रचनात्मक कार्यशैली एवं सिर्जनशील क्षमता हुनुपर्छ । यसका लागि शिक्षा व्यावहारिक एवं गरी खाने हुनुपर्छ । त्यसैले, शिक्षाको संरचना, पाठ्यव्रmम, पाठ्यपुस्तक, शिक्षण सिकाइ, मूल्यांकन विधिलगायतलाई व्यावहारिक बनाऔं । अरूले निर्माण गरेका सिद्धान्त कण्ठस्थ गर्ने शास्त्रधारी मात्र नबनौं । पढेको शिक्षा व्यवहारमा उतारांै ।

तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य