यस्ता छन् भगवती चौधरीको एजेण्डा

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले आफ्नो एजेण्डा सार्वजनिक गरेकी छिन् । विभिन्न बुँदागत रुपमा एजेण्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छिन् ।

राजनितीमा लाग्नु अगावै आम सर्वसाधरणलाई उद्यमशिल बनाउन लागि परेकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना बनाउने बताएकी छिन् । त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने बताएकी छिन् ।

महिलालाई आत्मनिर्भर,स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विषेश पहल गर्ने बताएकी छिन् ।

पूर्व राज्यमन्त्री समेत रहेकी चौधरीले एक गाउँ एक उद्योग स्थापनालाई विषेश जोड दिएकी छिन् । पर्यटकिय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङ रोडको अवधारणा कार्यान्वयन गर्ने बताएकी छिन् । गाउँलाई शहर र शहरलाई व्यवस्थित गर्न उनले विषेश जोड दिने भएकी छिन् ।

अब्यबस्थित बसोबासलाई ब्यवस्थित गर्नुको साथै भुमिहिन नागरिकलाई सम्मान र समाजिक सुरक्षा कार्यान्वयनमा जोड दिने भएकी छिन् । तिनै तहका सरकारसंग समन्वय गरेर क्षेत्रको विकासमा विषेश जोड दिने योजनामा रहेकी चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन र सम्मान गर्ने जनाएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू