काभ्रेका ‘टुरिस्ट’ उम्मेदवार, जो आफैलाई मत दिन पाउँदैनन

काभ्रेपलाञ्चोक । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लाका पाँच उम्मेदवार जो आफुले आफैलाई मतदान गर्नबाट बञ्चित हुने भएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले अर्को निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने भए पछि ‘टुरिस्ट’ नेता भन्न थालेका छन् ।

प्रतिनधि सभा सदस्यमा उम्मेदवार भएका नेपाली काँग्रेसका शिवप्रसाद हुमागाई, प्रदेश सभा सदस्यका उम्मेदवार बनेका नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका तीर्थ लामा, नेमकिपाका कृष्णबहादुर तामाङ, पुर्ण सिं तामाङ र स्वतन्त्र उम्मेदवार रुकमणी श्रेष्ठले आफुले आफैलाई मत दिन नपाउने भएका हुन् ।

तीर्थ लामाको प्रतिनिधि सभा १ को १ का मतदाता हुन् । उनले १ को २ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै शिवप्रसाद हुमागाई प्रतिनिधि सभा १ का मतदाता हुन् । उनि प्रतिनिभा २ का उम्मेदवार हुन् ।

त्यस्तै नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का मतदाता हुन् । उनी प्रतिनिधि सभा १ को २ बाट उम्मेदवार बनेका छन् । नेमिकपाकै पूर्ण सिंह तामाङ पनि प्रतिनिधि सभा क्षेत्र नम्वर २ का मतदाता हुन् । उनी पनि प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेका छन् । काठमाडौ महानगरपालिका १० घर भएकी रुकमणी श्रेष्ठ स्वतन्त्र उम्मेदवार हुन् । उनी काभ्रेको प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्