भारतसंग जोडिएका सबै घाटहरु बन्द


बैतडी । विश्वभरी कोरोनो भाईरसको त्रास फैलिरहेका बेला बैतडीको तल्लोसोराडमा भारतसंग जोडिएका सबै घाटहरु बन्द गरिएका छन् । शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द गर्ने निर्णय भएको हो ।


फागुन २९ गते बसेको बैठकले शिवनाथ गाउँपालिकाको १ र पञ्चेश्वर गाउँपालिकाका ३ घाट बन्द गर्ने र अरु घाट सञ्चालनमा ल्याउने निर्णय गरेको भएपनि खुला राख्ने निर्णय भएको थियो । तर खुला राख्ने घाटहरुमा पनि उपकरणको व्यवस्था गर्न सक्ने अवस्था नभएपछि घाटहरु बन्द गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।


कोरोनाको विश्वव्यापी संक्रमणको जोखिम हेरर गाउँपालिकासंग जोडिएका सबैघाट बन्द गर्ने निर्णय गरिएको उनले बताए । बिहिबार बसेको गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले घाटहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताए । यसका साथै कोरोनाको संक्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिन आग्रह गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए ।


यस्तै, पञ्चेश्वर गाउँपालिकाको पनि बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकासंग जोडिएका घाटहरु बन्द गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले बताइन् । घाटहरु बन्द गर्ने निर्णयमा सहयोग गर्न सबै सरोकारवालाहरुलाई आग्रह समेत गरेको उपाध्यक्ष भट्टले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय छोराको मृत्यु, बाबुआमा घाइते