कोरोनाका कारणले दाहोरी साँझ बन्द


लमजुङ । लमजुङको जिल्ला सदरमुकाम स्थित दोहोरी साँझ कोरोनाका कारणले बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा दोहोरी साँझ बन्द भएको हो ।

जिल्ला समरमुकामको मुटु मानिने बेसीशहर नगरपालिका– ८ को भीमसेन स्थान चेकमा रहेको इभर ग्रिन दोहोरी साँझ कोरोना भाइसरको संक्रमण हुन सक्ने आशंकाले गर्दा बन्द भएको हो । अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको इभरग्रिन दोहोरी साँझका सञ्चालक एकबहादुर रानाले बताए ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट बन्द गर्न अनुरोध आयो, सरकारले पनि २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । त्यसैले बन्द गरियो ।’ उनका अनुसार अर्को सूचना जारी नहुँदा सम्मका लागि बन्द गरिएको हो, कहिले खुल्ने भन्ने अनिश्चित जस्तै छ ।

उक्त दोहोरी साँझमा दोहोरी गाउँनेको संख्या मात्र ११ जना रहेको उक्त दोहारी साँझका दोहोरी गायन समूहका टोली नेता एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङ शाखाका अध्यक्ष अनुज अधिकारीले बताए । उनले भने अन्य स्टाफ ४ जना थिए । सबै बेरोजगार भइयो । कहिले सम्म भन्ने पनि निश्चित छैन उनले थप भने ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौं आइपुग्ने