आचारसंहिता माथि मजाक नगर

राजनीतिक दलका नेता चुनावी प्रचारमा रस्साकस्सी गर्दै गर्दा जनता भने चाडपर्वमा रमाउन थालेपछि दलका उम्मेदवार पर्वको अवसरलाई पनि आप्mनो प्रचारका माध्यम बनाउँदै प्रचारप्रसारमा निकै सरिक भए । हिजो जनताको पीर मर्कामा जनताको घरदैलोमा जान नसकेका दलका नेता अहिले भने जोडतोडका साथ घरदैलो अभियानमा सक्रिय भइरहेका छन् । चुनाव नजिकिँदै गर्दा उम्मेदवार घरदैलो अभियानमा जानु भने स्वाभाविक हो । जनताले नै ती उम्मेदवारलाई हिजो कोभिडको महामारी फैलिँदा र सिंगो गाउँघरले ठूलो समस्या भोग्नुपर्दा नेता कहाँ थिए भनेर जबर्जस्त प्रश्न गर्न सक्नुपर्छ ।

विभिन्न क्षेत्रबाट उम्मेदवार बनेका राजनीतिक दलका नेतालाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै लगातार स्पष्टीकरण सोध्दै आइरहेको छ । प्रधानमन्त्री, मन्त्री तथा सत्तारूढ गठबन्धनका नेता आचारसंहिता उल्लंघन गर्ने कार्यमा अग्रपंक्तिमा देखिएका छन् ।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने, दोस्रो चरणमा जरिमाना गर्ने र तेस्रो चरणमा उम्मेदवारी रद्दसमेत गर्न सक्छ । तर, आयोगले अहिले स्पष्टीकरण सोध्ने कामलाई मात्रै प्राथमिकता दिइरहेको छ । अब भने आयोगले बारम्बार आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने मात्रै होइन जरिमाना गर्ने र उम्मेदवारी नै रद्द गर्नेसम्मको हिम्मत देखाउन सक्नुपर्छ । आयोगले यसो गर्न सकेन भने आचारसंहिता कागजको खोस्टोमा रूपान्तरण हुन सक्छ । यसको सशक्त कार्यान्वयनका लागि पनि आयोग कडा बन्न सक्नुपर्छ ।

स्वच्छ र निष्पक्ष निर्वाचनले मात्रै लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउँछ । मनि मसल र माफियाका आधारमा गरिने निर्वाचनले लोकतान्त्रिक पद्धतिलाई कुरूप बनाउँछ र त्यस्तो पद्धतिले मुलुक कुशासनको दलदलमा फस्न पुग्छ । हामीकहाँ पछिल्ला केही वर्षयता यस्तै अवस्था देखिन थालेको छ । त्यसैले पनि आमजनतामा निराशा र आक्रोस पैदा हुन थालेको देखिन्छ । अतः निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ बनाउन सशक्त भूमिका निर्वाह गर्नैपर्छ । निर्वाचनको पूर्वसन्ध्यामा पैसा बाँडेर आममतदाताको मत खरिद गर्ने प्रयास पनि हुन सक्ने भएकाले आयोगले त्यसमा विशेष चनाखो अपनाएर पैसा वितरण गर्न सक्ने अवस्थाको सिर्जना हुन दिनुहँुदैन । आमजनताले पनि पैसा बाँडेर निर्वाचन जित्न खोज्नेलाई कुनै पनि हालतमा भोट हाल्नुहुँदैन । त्यस्ता व्यक्ति निर्वाचन जितेर आएको खण्डमा उसको मुख्य उद्देश्य नै जनसेवा र समाज सेवाभन्दा पनि कसरी हुन्छ अकूत सम्पति आर्जन गर्नेमा नै बित्नेछ । उनीहरूबाट असल शासन र सुशासनको कल्पना पनि गर्न सकिँदैन ।

त्यसैले निर्वाचनमा आममतदाताले भोट हाल्नुअघि आपूmले भोट हाल्न लागेको व्यक्ति कतिको इमानदार र नैतिकवान् छ भन्ने’bout गहन विश्लेषण र मूल्यांकन गर्नुपर्छ । अन्यथा पाँच वर्षसम्म निकै पछुतो मान्नुपर्ने अवस्था आउन सक्छ । आचारसंहिता उल्लंघन गर्नेहरूलाई जनताले पनि सचेत पार्न जरुरी छ । हरेक उम्मेदवारले आचारसंहिताको सम्मान गर्न जरुरी छ । आचारसंहितालाई कसैले पनि मजाकको विषय बनाउनु हुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य