‘बगेको खोला’लाई गोधूलि पुरस्कार


काठमाडाैं । दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रूपैयाँ राशि र ताम्रपत्र सहित ‘गोधूलि पुरस्कार’ विशेष कृतिका रुपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको हो ।

गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीमती गङ्गा लिगलको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विराटनगर निवासी ८५ वर्षीय श्रीमती दुर्गादेवी नेपाल दसौँ वर्षदेखि विभिन्न रोगले ग्रस्त छिन् । हाल उनको बसोवास काठमाडौँमै रहेको गोधूलि साहित्य प्रतिष्ठानका संयाेजक प्रकाश समिरले जानकारी दिए ।


तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छ : प्रधानमन्त्री शाह