आमा बनेकी प्रियंका फेरि नायिकाको रुपमा

काठमाडौं । गत वर्ष आमा बनेकी अभिनेत्री प्रियंका कार्की फेरि अभिनयमा नायिकाको रुपमा फर्किएकी छिन् । उनले नयाँ चलचित्र ‘चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ’ मा मृख्य भूमिका निर्वाह गरेकी छिन् । तीन महिना अघि चलचित्र राधामा अतिथि भूमिकामा प्रस्तुत भएकी यी अभिनेत्रीले अर्को चलचित्र फुलवारीमा पनि नायिकाकै रुपमा काम गरेकी छिन् । यता उनले यो नयाँ चलचित्रमा पनि नायिकाको रुपमा आफुलाई उतारेकी छिन् ।

अब चलचित्र ‘चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ’ दर्शकमाझ आउने भएको छ । यो चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमका अनुसार सिनेमा आगामी १५ पौषबाट मुलुकका फिल्म हलमा रिलिज हुने भएको छ ।

यो चलचित्रमा प्रियंकासँगै, ऋचा शर्मा, बेनिशा हमाल पनि मुख्य भूमिकामा छन् । फिल्ममा तीन अभिनेत्रीबीचको प्रतिस्पर्धा निकै रोचक हुने निर्माण पक्षको कथन छ । फिल्मको अन्य कलाकारमा आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टलगायत छन् । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपालमा हरर तथा थ्रिलर जनराको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीको दाबी रहेको छ ।

यो चलचित्र रिञ्जु केसीसँग मिलेर अरुण चक्रावर्तीले निर्माण गरेका हुन् । सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका छन् । यो चलचित्र नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने निर्देशक दयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९