प्रवद्र्धन र विविधीकरणको पर्खाइमा पर्यटन व्यवसाय

पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विदेशी मुलुकबाट भ्रमणका लागि नेपाल राज्यमा आउने गैरनेपाली नागरिक सम्झनुपर्छ र नेपाली पर्यटक भन्नाले नेपाल राज्यको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने पर्यटक सम्झनुपर्छ भनी पर्यटन ऐन २०३५ ले परिभाषित गरेको छ । मानिस सभ्यताको सुरुवातदेखि टाढाटाढासम्म यात्रा गर्दै आइरहेको छ । खासगरी सन् १९६३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राको क्षेत्रमा भएको प्रगति उल्लेखनीय मानिन्छ । पर्यटकले आप्mनो यात्राको क्रममा आप्mनो भाषा, खर्च व्यवस्थापन, चालचलन, रीतिरिवाज तथा अन्य पक्षमा समेत प्रभाव पारेको हुन्छ, जुन मानवीय जीवनशैलीको एउटा आधारभूत आयाम पनि हो ।

खानपान, व्यवहार, वेशभुषा, संस्कृति, संस्कार तथा विविध आयाममा मानिस सधैं रूपान्तरण र परिवर्तन चाहन्छ र त्यो रूपान्तरण खासगरी सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिकजस्ता पक्षको सुधारको कारणले हुने गर्छ । विभिन्न रीतिरिवाज, चालचलन, भाषा, संस्कृति र अन्य पक्षको मिश्रणले मानिसका जीवनका आयामहरूमा सुधार ल्याउने गर्छ । पर्यटन आफैंमा एक जीवन परिवर्तनको आधार हो, जुन नेपालको आयस्रोतको मूख्य स्रोत पनि हो । पर्यटकीय स्थलहरू सर्वोच्च शिखर सगरमाथा, लुम्बिनी र जनकपुरसहित विभिन्न धार्मिक स्थल, खासगरी, पशुपतिनाथ, मुक्तिनाथ, देवघाट, त्रिवेणी, बराहक्षेत्र नेपालमा पर्यटकका लागि गन्तव्य स्थल हुन् । नेपालमा रहेका भाषाभाषीको संस्कृति, रीतिरिवाज, चालचलन, र संस्कारले अनुसरण र आदानप्रदानले सबै जाति तथा समुदायको जीवनशैलीमा परिवर्तन आउने गर्छ । जुन सामाजिक, सांस्कृतिक रूपमा धनी नेपालको गहना पनि हो ।

विदेशी पर्यटकलाई आकर्षण गर्ने सवालमा विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये आठवटा नेपालमै पर्ने भएकाले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको देखिन्छ । नेपालमा सन् १९५० जुन ३ मा प्र्रmान्सेली दलले अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरी विश्वकीर्तिमानी कायम गरेको थियो । त्यसपछि, सन् १९५३ मे २९ मा सगरमाथा (८८४८ मिटर), सन् १९५५ मा मकालु ( ८४८५ मिटर) र सन् १९५५ मे २५ मा मनास्लु(८१६३ मिटर) र सन् १९६० मे १३ मा धौलागिरी (८१६७ मिटर) आरोहणसँगै नेपालमा पर्यटनको ढोका खुलेका हो । पर्यटक तथा आरोहीहरूले नेपाललाई विश्वसामु चिनाउने मात्रै काम गरेनन्, उनीहरूले नेपालमा युरोपेली संस्कार, भाषा, धर्म र चालचलन पनि छाडेर गए । जसले गर्दा नेपाली जीवनशैलीमा परिवर्तन आयो ।

पर्यटकले आफ्नो यात्राको क्रममा आफ्नो भाषा, खर्च व्यवस्थापन, चालचलन, रीतिरिवाज तथा अन्य पक्षमा प्रभाव पारेको हुन्छ

आर्थिक वर्ष २०७८÷८९ को आर्थिक सर्वेक्षणअनुसार सन् २०२० मा पर्यटक आगमन करिब ८१ दशमलव शून्य प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मात्र रह्यो र सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त भएको विदेशी मुद्रा आर्जन १३ अर्ब ५० करोड ११ लाख रुपियाँ रहेको छ । सन् २०२१ मा प्रति पर्यटकको औसत बसाइ १५ दशमलव ५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर छ । तथ्यांकअनुसार सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६ दशमलव ८ प्रतिशत बिदा, मनोरञ्जन, यात्रा, १० दशमलव ३ प्रतिशत पर्वतारोहण, साहसिक यात्रा र पदयात्रा, ७४ प्रतिशत तीर्थयात्रा र १५ दशमलव ५ प्रतिशत अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका छन् । यात्रा उद्देश्यको आधारमा विगत १० वर्षमा बिदा, मनोरञ्जन, यात्रा, पदयात्रा, पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात उच्च रहेको छ । त्यस्तो आगमनले आर्थिक पक्ष मात्र नभएर सामाजिक, सांस्कृतिक, धार्मिक र मनोवैज्ञानिक प्रभाव ल्याउने हुँदा पर्यटनको विकाससँगै जीवनशैलीमा समेत परिवर्तन आउने गर्छ ।

आर्थिक सर्वेक्षणअनुसार कुल पर्यटक आगमनको संख्याको सन् २०२१ मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमा क्रमशः भारत ४२ दशमलव ८३ प्रतिशत, संयुक्त राज्य अमेरिका १५ दशमलव १३ प्रतिशत, बेलायत ५ दशमलव ७४ प्रतिशत, चीन ४ दशमलव १० प्रतिशत र बंगलादेश ३ दशमलव ३४ प्रतिशत रहेका छन् । यी पाँच मुलुकबाट आएका पर्यटकको संख्या कुल पर्यटकको ७१ प्रतिशत रहेको छ । हिमाल आरोहण गर्ने पर्वतारोहण दलको संख्या सन् २०२१ मा ७ सय ६२ रहेको छ । सन् २०२० मा यस्तो संख्या १ सय ५३ रहेको थियो । त्यसैगरी, पर्वतारोहीको संख्या सन् २०२१ मा ३ हजार ४ सय ४६ रहेको छ । सन् २०२१ पर्वतारोहीको उत्साहजनक आगमनसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टीमा वृद्धिसँगै ६३ करोड ५२ लाख ४९ हजार रुपियाँ संकलन भएको छ ।

२०७८ फागुनसम्म तारेस्तरको होटेलको संख्या १ सय ६२ पुग्नुको साथै तारेस्तरमा बाहेकको पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको संख्या २०७७ फागुनसम्म १ हजार १ सय ७१ रहेकोमा २०७८ फागुनसम्म १ हजार १ सय ८३ पुगेको छ । तारेहोटलबाहेकका पर्यटकीयस्तरीय होटल, लज, तथा रिसोर्टको शैया संख्या ६ सय ८७ थप भई ३२ हजार ६ सय ३७ पुगेको छ । २०७८ फागुनसम्म देशभरका २४ वटा क्यासिनो दर्ता भई सञ्चालनमा रहेको र २०७८÷७९ को फागुनसम्म क्यासिनोबाट ९१ करोड ६० लाख रुपियाँ रोयल्टी प्राप्त भएको छ । २०७८ फागुनसम्म ट्राभल एजेन्सीको संख्या ३ हजार ८ सय १ पुगेको छ । टे«किङ एजेन्सी २०७८ फागुनसम्म २ हजार ८ सय २१ पुगेको छ । २०७८÷७९ को फागुनसम्म पर्यटक यातायात सेवा व्यवसायीको ¥याप्mिटङ एजेन्सी २०७८ फागुनसम्म ८७ पुगेको छ । २०७८ फागुनसम्म पर्यटक यातायात सेवा व्यवसायीको संख्या ८५ पुगेको छ । २०७८ फागुनसम्म टुर गाइडको संख्या ४ हजार ५ सय ५७ पुगेको छ । २०७८ फागुनसम्म ३ सय २४ रिभर ड्राइभिङ अनुमतिपत्र जारी भएको छ । २०७८ फागुनसम्म नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या २२ रहेको छ । आन्तरिकतर्फ उडान भर्ने वायुसेवाको संख्या २० रहेको र निर्माण सम्पन्न भएका विमानस्थलको संख्या ५३ रहेको छ ।

पर्यटन प्रवद्र्धनको सन्दर्भमा वर्तमान १५आंै योजना (आर्थिक वर्ष २०७६÷७७—२०८०÷८१)मा नेपाल एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य बनाउने सोच, विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्ने लक्ष्य र नेपालललाई सुरक्षित, गुणस्तरीय एवं पर्यटनमैत्री बनाई आकर्षक पर्यटक केन्द्रका रूपमा विकास गर्ने र पर्यटकीय क्षेत्रबाट प्राप्त लाभलाई समन्वायिक रूपले जनस्तरसम्म पु¥याउन उद्देश्य राखिएको छ । निर्धारित सोच, लक्ष्य तथा उद्देश्य प्राप्त गर्न छिमेकी मुलुक तथा प्रमुख पर्यटन बजारमा नेपाली पर्यटनको व्यापक प्रचारप्रसार गर्ने र प्रवद्र्धन गर्ने, पर्यटनको सम्भावना बोकेका शिक्षा, स्वाथ्य, खेलकुदजस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने र पर्यटकीय उपजलाई मूल्य शृंखलामा आबद्ध गरी स्थानीयस्तरसम्म यस क्षेत्रको लाभ वितरण गर्ने रणनीतिहरू अवलम्बन गरिएको भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

खासगरी हिमाली प्राकृतिक सुन्दरता, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य तथा मौलिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदा नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना सम्पदाको संरक्षण, प्रवद्र्धन र विविधीकरण गर्दै पर्यटकीय स्थलका रूपमा विकास गरी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा यस क्षेत्रलाई विकसित गर्ने नीति नेपालको संविधानले अंगीकार गरेको छ, जसले जीवनस्तर सुधार गर्न सहयोग गर्नेछ ।

नेपालको पर्यटन विकासमा पर्यटन उपज र क्रियाकलापको अपेक्षित विकास र विविधीकरण हुन नसक्नु, अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन अपेक्षित रूपमा गर्न नसकिनु, पर्यटन पूर्वाधारको कमी हुनु, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासमा निजी क्षेत्रलाई पर्याप्त सहभागी गराउन नसक्नु, पर्यटन क्षेत्रको विकासमा उद्यमशीलता विकास जोडिन नसकिनुजस्ता प्रमुख समस्या रहेका छन् । यसैगरी, पर्यटनको खर्च र बसाइ अवधि वृद्धि गर्नेगरी पर्यटन उपजको विविधीकरण र प्याकेजिङ गर्नु, गुणस्तरीय पर्यटक आगमन वृद्धि गर्नु पर्यटन सेवालाई छरितो, पर्यटकमैत्री, सुरक्षित र मनोरञ्जनात्मक बनाई पर्यटकलाई चुस्त बनाउनु पनि यस क्षेत्रका चुनौती हुन् ।

नेपाली पर्यटन व्यवसाय हिमाली प्राकृतिक सुन्दरता, धार्मिक पर्यटकीय गन्तव्य, मौलिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाजस्ता प्रचुर सम्भावनाको संरक्षण, प्रवद्र्धन र विविधीकरणको पर्खाइमा छ

रोजगारीको सन्दर्भमा सन् २०२१ मा प्रकाशित विश्व श्रम संगठनको अध्ययन प्रतिवेदनअनुसार नेपालको पर्यटन क्षेत्रले लगभग ८ दशमलव १ प्रतिशत रोजगारी सिर्जना गरेको छ, जुन दक्षिण एसियाका अन्य श्रम बजारभन्दा निकै बढी हो । यसले जीवनशैलीको आर्थिक पक्षलाई सबल गराउन टेवा पुग्छ । यातायात तथा पूर्वाधारको सम्बन्धमा हवाई यातायात पनि पर्यटन क्षेत्रमा महत्वपूर्ण आधारका रूपमा रहँदा नेपालमा सन् १९५५ मा हिमालयन नामक पहिलो हवाई कम्पनी प्रारम्भ गरिए पनि पछि सरकारले सन् १९५८ मा शाही नेपाल वायुसेवा निगम कम्पनी स्थापना गर्यो, जसले बाह्य पर्यटक भित्र्याउन महत्वपूर्ण योगदान पु¥याउनुका साथै जीवनशैलीको आर्थिक पक्षमा सुधार ल्याउन र पर्यटकको भाषा संस्कृतिको आदानप्रदान हुँदा त्यसले मानिसको जीवनशैलीमा प्रभाप पार्ने गछ । पर्यटन क्षेत्रको विकासको सन्दर्भमा नेपालमा सन् १९५५ मा पर्यटन विकास परिषद्को गठन भएको थियो भने सन् १९५९ मा पर्यटन विभागको गठन भएको थियो । पर्यटन क्षेत्रमा खासगरी सन् १९६९ मा पर्यटन विकास समितिको गठनपछि सन् १९७८ मा पर्यटन मन्त्रालय नै अस्तित्वमा आयो भने सन् १९९७ मा नेपाल पर्यटन बोर्डको गठन भएको थियो र हाल प्रत्येक प्रदेशमा प्रदेशस्तरीय पर्यटन मन्त्रालयसमेत गठन भएका छन् ।

नेपालमा खासगरी अहिले १ सय ८० भन्दा बढी मुलुकका नागरिक पर्यटकका रूपमा आउने गरेका छन् । वास्तवमा पर्यटनले बहुआयामिक पक्षको प्रतिनिधित्व गर्ने भएकाले यसले आर्थिक क्षेत्रमा मात्रै नभएर सामाजिक, सांस्कृतिक, शैक्षिक तथा विकासमा समेत प्रभाव पार्ने भएकाले यसको सम्बन्ध मानिसको जीवनशैलीसँग जोडिएको छ । समाजका मानिसको जीवनपद्धतिले नै संस्कृतिलाई प्रतिनिधित्व गर्ने र सामाजिक मूल्यमान्यता, परम्परा, धर्म, शैली, उत्पादनको तरिका, प्रविधिलगायतका सम्पूर्ण भौतिक तथा अभौतिक स्वरूपमा आउने परिवर्तनले जीवनशैलीमा परिवर्तन हुने गर्छ । पर्यटनको विकाससँगै नेपालमा विदेशी संस्कृतिसमेत भित्रिएको छ भने खानपान जीवनशैली, समयको परिवर्तनसँगै आनीबानीमा परिवर्तन भएको छ । आन्तरिक पर्यटनको कारणले विभिन्न जातजातिको जीवनशैली, संस्कार, संस्कृति, रहनसहनजस्ता कुरालाई अन्य समुदायले अनुसरण गर्ने गरेको पाइन्छ । पर्यटनसँगै नेपालमा पश्चिमा संस्कतिसमेत हाबी हुँदै गएको छ । मौलिक संस्कृतिलाई तिलाञ्जली दिँदै विदेशी संस्कृति र तडकभडक अनुसरण गरिएको छ । विदेशी खाद्यवस्तुको प्रयोगले स्वदेशी उत्पादनको प्रयोगमा कमी आउँदै जीवनशैलीमा परिवर्तन आएको छ । यस्तो अवस्थामा आप्mनो मौलिकता जोगाउनु जरुरी छ ।

पर्यटनको क्षेत्रमा विकास गर्ने सिलसिलामा नेपालमा २०५३ सालदेखि होमस्टेको विकास भएको थियो । त्यसको १४ वर्षपछि होमस्टे नियमन गर्न होमस्टे सञ्चालन कार्यविधि २०६७ जारी भयो, जसले गर्दा नेपालमा सामुदायिक र व्यक्तिगत होमस्टेमार्फत पर्यटनको विकास सँगसँगै नेपालीको जीवनशैलीसमेत सुधार आएको छ । यसले गर्दा देशभित्र रहेका स्थानीय मौलिक, सामाजिक, सांस्कृतिक, सम्पदाको संरक्षण हुनुका साथै अर्थोपार्जनमा टेवा पुगेको छ । एकातिर पर्यटन क्षेत्रको कारण देशको पहिचान, सामाजिक तथा सांस्कृतिक एवं प्राकृतिक सम्पदाको पहिचान विश्वसामु चिनाउन सहयोग पुगेको छ भने अर्कोतिर पर्यटनको विकास गर्ने नाममा देशका विभिन्न क्षेत्रमा यातायात, पूर्वाधार, सञ्चार, विद्युत्, खानेपानी, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सुधार भएको छ ।

पर्यटन नीति २०६५ को पूर्ण कार्यान्वयन गर्दै देशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीको स्रोत बढाउन सकिन्छ भने उनीहरूको जीवनशैलीको राम्रा पक्षलाई अनुसरण गर्दे देशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, मनोवैज्ञानिक र नैतिक पक्षलाई सुधार गर्न सकिन्छ । यसर्थ, पर्यटनको विकास नै जीवनशैली सुधारको मुख्य आधार हो ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्थगित मतगणना तत्काल सुरु नगरे एमालेले सडक संघर्ष गर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९