कोरोना आशंका गरिएका बिरामीको रिपोर्ट नेगेटिभ

सिन्धुली । सिन्धुली अस्पतालमा आइसोलेशन वार्डमा राखिएको बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । चैत्र ५ गतेदेखि सिन्धुली अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कमलामाई नगरपालिका वडा नं. ७ का ८१ वर्षीय वृद्धलाई लक्षणका आधारमा आशंका गरी स्वाव परिक्षण गरिएको थियो ।

उनलाई अत्यधिक ज्वरो देखिएको र स्वासप्रस्वासमा समेत समस्या देखिएकाले आइसोलेशन वार्डमा राखी उपचार गरिएको थियो । उनलाई बिहिबार कोरोनाको आशंका गरी काठमाडौँ टेकुस्थित सरुवा रोग तथा ट्रपिकल सेन्टरबाट आएको टोलीले स्वाव परिक्षणका लागि नमुना संकलन गरि लगेको थियो ।

सिन्धुली अस्पतालका डा.प्रसान्त राजभण्डारीका अनुसार बिरामीको स्वाव परिक्षणमा इन्ल्फुन्जा ए देखिएको छ । बिरामीको ज्वरो केही घटेको र उनको उपचार जारी रहेको डा. राजभण्डारीले बताए । रिपोर्ट शुक्रबार साँझ आएको उनले बताए । अस्पतालका अनुसार ब्रिटिस आर्मीका अवकाश प्राप्त ती वृद्ध पेन्सन बुझ्न धरान गएका थिए । उताबाट फर्किएपछि उच्च ज्वरो आएका कारण सिन्धुली अस्पताल भर्ना गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते