बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको जोब जिल्लामा निकै समय अघिदेखि बन्द रहेको मन्दिर हिन्दू समुदायलाई हस्तान्तरण गरिएको छ । जोबको जिल्ला प्रशासनका अनुसार मन्दिर हिन्दू समुदायलाई हस्तान्तरण गरेपछि त्यहाँ रहेको प्राथमिक विद्यालयलाई छिट्टै अर्काे स्थानमा स्थानन्तरण गरिने छ ।
जोब सहरको हिन्दू बस्तीमा रहेको मन्दिर हिन्दू समुदायलाई हस्तान्तरण गर्नका लागि एक समारोहको आयोजना गरिएको थियो । सो समारोहमा मन्दिरको साँचो हिन्दू समुदायलाई प्रदान गरिएको थियो । सो समारोहको मुख्य अतिथि जोबका जामा मस्जिदका धर्म गुरु अल्लाह दाद काकटर रहेका थिए । मुस्लिम धर्म गुरुहरू, सरकारी कर्मचारीबाहेक हिन्दू र सिख समुदायका व्यक्ति सो समारोहमा उपस्थित थिए ।
तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)






