काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले बेस्ट एअरलाइन्स अवाडर््स् हुने भएको छ ।
विभिन्न १६ विधामा दिइने बेस्ट एअरलाइन्स आवडर््स् नेपालमा ३ विधा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएका छन् । ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् भने बाँकी रहेका २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारहरुमध्येबाट उत्कृष्टलाई चयन गरिनेछ ।
विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा तय गरिने यो अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाज्का अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे रहेका छन् । त्यस्तै पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सीजी होल्डिङ्स्का अध्यक्ष अरुण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेका छन् ।
नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने यस बेस्ट एअरलाइन्स अवार्ड्स् नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् । यस अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रुपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरुसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोनसरसिप नलिएको जनाएको छ । निर्णायक मण्डललाई निर्णयको सर्वाधिकार सुम्पिइएको जनाएको छ ।
हायात प्यालेस काठमाडौं बेस्ट एअरलाइन्स अवार्डस् नेपालको हस्पिटालिटी पार्टनर
कार्यक्रमलाई अझ भव्य, रमणीय र स्मरणीय बनाउन कार्यक्रमका हस्पिटालिटी पार्टनरको पार्टनरको रुपमा ह्यात प्लेस काठमाडौं र बुेस्ट एअरलाइन्स अवार्ड नेपालबीच एमओयू समेत गरिएको छ । ह्यात प्लेस काठमाडौंका डाइरेक्टर अफ सेल्स एन्ड मार्केटिङ अचिन्त रस्तोगी र बेस्ट एअरलाइन्स अवार्ड्स् नेपालका अध्यक्ष सागरदेव लाखेले हस्ताक्षर गरेको एमओयू आयोजित कार्यक्रमा आदानप्रदान गरियो ।
नेपालको हस्पिटालिटी व्यवसायमा पछिल्लो समयमा प्रवेश गरेको ह्यात प्लेस वल्र्ड अफ ह्यात ब्रान्डको बिजनेस होटेल क्याटेगोरीको ब्रान्ड हो । हस्पिटालिटी क्षेत्रमा विश्वमै उत्कृष्ट परिणाम देखाउन सफल अमेरिकी ब्रान्ड ह्यातको ह्यात प्लेस व्यावसायिक ट्राभलर, कन्फ्रेन्स तथा सेमिनार आयोजनामा उत्कृष्ट मानिन्छ ।
१५ नोभेम्बर २०२१ मा सञ्चालनमा आएको ह्यात प्यालेस काठमाडौंले आफ्नो सञ्चालनको पहिलो वर्ष हालै पूरा गरेको छ भने आप्mनो पहिलो एनिभर्सरीका दिन आफ्ना ग्राहकहरुलाई खाना तथा पेयमा ५० प्रतिशतको छुट प्रदान गर्दै हर्षोल्लासका रुपमा मनाएको ह्यात प्लेसले सबै किसिमका उपभोक्ता लक्षित प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । सञ्चालनको दोस्रो वर्षमा प्रवेश गरेको होटेलको उत्कृष्ट इन्टेरिअरले धेरैलाई मोहित गराउन सफल भएको छ भने यसमा पस्किने स्वादिला खानाको चर्चासमेत विभिन्न फोरमहरुमा हुने गरेका छन् ।






