जहाँ खटिएका छन्, महिलामात्र कर्मचारी

पोखरा । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको निर्वाचन गराउने जिम्मा महिला कर्मचारीले मात्र पाएका छन् । नमुना मतदान केन्द्र नाम दिइएको ती मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वलाई जिम्मा दिइएको हो । जसमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ६ सहायक कर्मचारी र ३ जना सहयोगी छन् । जिल्लामा प्रतिनिधिसभातर्फ ३ ओटा निर्वाचन क्षेत्र हुन् । हरेक निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी एउटा मतदान केन्द्र नमुना बनाउन महिला कर्मचारीलाई मात्र खटाइएको हो ।

कास्की क्षेत्र नम्बर २ अन्तर्गत पार्दी मावि मतदानस्थलको मतदान केन्द्र (ख) लाई कानुन मन्त्रालयकी उपसचिव सरिता रायमाझीले सम्हालेकी छन् । सो मतदान केन्द्रमा रायमाझीसहित सबै ८ जना कर्मचारी महिलामात्र छन् । पार्दी मावि मतदानस्थलका कुल ६ वटा मतदान केन्द्र कायम गरिएको छ । यसअघि पनि निर्वाचन अधिकृत भएर काम गरिसकेको रायमाझीको अनुभव भएकोले अहिलेको निर्वाचन पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आफूले भरमग्दूर प्रयास गर्ने उनी बताउँछिन् ।

कास्कीको क्षेत्र १ अन्तर्गत जनप्रकाश मावि, भण्डारढिक मतदानस्थलमा गीता न्यौपाने र कास्की क्षेत्र ३ अन्तर्गत सामुदायिक भवन बसुन्धरा पार्कस्थित मतदानस्थलको मतदान केन्द्रमा गीता घिमिरे दोरंगा सहितको महिला कर्मचारी खटिएका छन् । उनीहरुले निर्वाचन सामग्री बुझेर मतदान स्थलको आवश्यक तयारी सुरु गरेको बताएका छन् । ४ मंसिरको चुनावका लागि सर्वदलीय बैठक बसेर सहमतिका काम अघि बढाउने उनीहरु बताउँछन् ।

महिलालाई मात्र जिम्मेवारी दिंदा महिलाले पनि जिम्मेवार पूरा गर्न सक्छन् भन्ने उदाहरण विगतको चुनावमा पनि गरिंदै आइएको थियो ।
यसैबीच, चुनावको लागि पोखरा १९ का मतदान केन्द्र अपांगमैत्री बनाइएको छ । स्थानीय अकला मतदान केन्द्र र भारती भवन मतदान केन्द्रलाई अपांग तथा अशक्त मतदानमैत्री पदमार्ग निर्माण गरिएको वडा १९ का सचिव श्रीराम पौडेलले जानकारी दिए ।

कास्कीमा १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्र छन् । १ सय ५० मतदानस्थलमध्ये ५० ओटा अति संवेदनशील छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले पोखरामा हालै भएको सुरक्षा गोष्ठीमा सो’bout ब्रिफिङ गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई आग्रह समेत गरेका थिए ।

कास्कीमा प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी कुल ९१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कास्कीमा २ लाख ९१ हजार मतदाता छन् । यो संख्या गत वैशाख ३० को स्थानीय तहको चुनावभन्दा १० हजार बढी मतदाता हुन् । स्थिर समय सुरु हुनु अघि उम्मेदवारले चुनावी प्रचार सकेका छन् । मात्र यहाँका मतदाता मतदानको पर्खाइमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै