पुराना जनप्रतिनिधि जो वार्षिक बजेट ६० रुपैयाँमा काम गर्थे

बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न. ६ का स्थायी बासिन्दा गोविन्दनाथ योगी अहिले ७९ वर्ष पुुगे । २००१ सालमा जन्मिएका उनी २०५६ सालअघिका एक दर्जन बढी चुनाव लडेका व्यक्ति हुन् ।

नाथलाई प्रधानपञ्चदेखि सांसदसम्म चुनाव लडेको अनुुभव छ । नाथले कतिपय चुनावमा सफलता प्राप्त गर्दा केही चुनावमा पराजित भए । उनी गाउँमा प्रधानपञ्च र जिल्ला पञ्चायतको चुनावमा भने सफल भए । सुुरुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी २०५६ सालमा भने हरियाली नेपाल पार्टीबाट आँप चुनाव चिह्न लिएर तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग प्रतिस्पर्धामा उत्रिए । त्यसपछि भने उनी चुनाव लडेका छैनन् ।

‘जिल्ला पञ्चायतमा जिल्लाको विकास निर्माणका लागि वार्षिक बजेट जम्मा ५ लाख आउँथ्यो भने गाउँ पञ्चायतमा वार्षिक बजेट जम्मा ६० रुपैयाँ आउँथ्यो, उक्त रकम सचिवले विभिन्न ठाउँमा यात्रा गर्दा खर्च हुुन्थ्यो’ नाथले भने । नाथ विद्यालय, बाटो, चौतारो, कुवा निर्माणलगायतका काम गरेको सम्झन्छन् । यसका साथै, भोकमरीका बेला अमेरिकी मकै वितरण गरेको बताउँछन् । एकपटक चुनाव लड्दा सुुरक्षा चुनौती भएपछि प्रमुख जिल्ला अधिकारीले जिल्लामा बोलाए । प्रमुुख जिल्ला अधिकारीले प्रहरीको सुुरक्षा दिने भनेपछि उल्टै प्रहरीबाटै आपूmलाई सुुरक्षाको चुनौती रहेको बताएका थिए ।

नाथ अहिले भने नेकपा एमालेलाई साथ दिँदै आएका छन् । अहिले, सदस्यता कुनै पार्टीको नभएको बताउने उनी बूढापाकाको सहारा हो भन्दै एमालेको पक्षमा भोट मागिरहेको बताउँछन् । नाथले युवक संगठन, किसान संगठनलगायत विभिन्न संगठनको नेतृत्व गरेको बताउँछन् । उति बेला नेता भइदिनुपयो भन्दै गाउँलेहरू एक जनालाई अगाडि बढाउँथे, अहिले नेता बन्न लडाइँ हुने गर्छ । जसको घरमा बढी धान हुन्छ, उसैलाई प्रधान भन्ने चलन थियो ।

कक्षा ५ सम्म अध्ययन गरेका उनले दर्जन बढी चुुनाव लडे पनि अब भने चुनाव लड्ने रहर भने छैन । उमेरले वृद्ध भए पनि अझै जवान मान्छेजस्तै सक्रिय देखिन्छन् । नाथ नौ छोरी र दुई छोराका बाउ हुन् । उनकी एक छोरीले माओवादीको जनयुद्धमा सामेल हुँदा ज्यान गुमाएकी हुन् । नाथलाई अहिलेका नेतामा इमानदारिता घटेको महसुुस हुन्छ । नयाँ राजनीतिकर्मीलाई बोलेका वाचा पूरा गर्न र पूरा नहुुने कुराको आश्वासन नदिन उनको आग्रह छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९