स्यान्डर्सलाई जनवरीमा दुई करोड ५० लाख डलर सहयोग

वासिङ्टन । राष्ट्रपतिको निर्वाचन अभियानका लागि सन् २०२० को जनवरीमा आफ्ना शुभेच्छुकबाट कुल दुई करोड ५० लाख अमेरिकी डलर सहयोग जम्मा भएको डेमोक्र्याटिक पार्टीका नेता तथा सेनेटर बर्नी स्यान्डर्सले बिहीबार बताएका छन् ।

यो राशि छ लाख ४८ हजारभन्दा बढी व्यक्तिबाट आएको र औसतमा प्रतिव्यक्ति १८ डलर अनुदान हुन आउने स्यान्डर्सले ट्वीटमार्फत् जानकारी गराए ।

अमेरिकी निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन डेमोक्र्याटिक पार्टीका तर्फबाट मनोनयनका लागि दावेदार स्यान्डर्सले सोमबार रातको आयोवामा सम्पन्न निर्वाचनपछि पहिलोपटक उक्त ट्वीट गरेका हुन् । ककस (निर्वाचन)ले सन् २०२० प्राइमरीमा पार्टीका तर्फबाट भएको प्रतिस्पर्धाको नतिजा सार्वजनिक गरिरहेका समय यो भनाइ आएको हो ।

स्यान्डर्स र साउथ बेन्ड, इन्डियानाका पूर्वमेयर बुटिगिग पहिलो स्थानको लागि कडा दौडमारहेको आयोवा डेमोक्र्याटिक पार्टी (आईडीपी)द्वारा जारी आंशिक परिणामले देखाएको छ ।

आयोवा क्षेत्रको ९७ प्रतिशत मतगणना हुँदा बुटिगिगले २६.२ प्रतिशतका साथ नेतृत्व गरिरहनु भएको छ भने स्यान्डर्सले २६.१ प्रतिशत मतसहित पछ्याइरहनु भएको छ । दुवैले आयोवा प्रजातान्त्रिक निर्वाचनमा विजयको दाबी गरेका छन् । यसैबीच, प्राविधिक समस्याका कारण ढिलाइ भएको मतगणना नतिजाप्रति डेमोक्र्याटिक नेसनल कमिटी (डीएनसी)का अध्यक्ष टोम पेरेजले बिहीबार कससको नतिजा पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

परेजले  ट्वीट गर्दै भने ‘प्राविधिक समस्याका कारण प्रतिनिधि छनोट योजनाको कार्यान्वयनमा आएको नतिजा र नतिजामा जनताको विश्वास दिलाउन समस्या भएको खण्डमा तुरून्त पुनरावलोकन गरियोस् ।’

अध्यक्षका अनुसार प्रस्तावित पुनरावलोकनमा ‘प्रत्येक मतदान केन्द्रमा निर्वाचनपछि तयार पारिएका मुचुल्काको समीक्षा गरी निर्वाचन परिणामको तथ्यमाथि सुनिश्चित गर्न’ भनिएको हो ।

आंशिक नतिजाका अनुसार सेनेटर एलिजाबेथ वारेन र संयुक्त राज्य अमेरिकाका पूर्वउपराष्ट्रपति जो बाइडेन क्रमशः १८.२ प्रतिशत र १५.८ प्रतिशत मतसाथ शीर्ष चारमा पुगेका छन् । सेनेटर एमी क्लोबुचर, १२.२ प्रतिशत कमाउँदै, पाँचौं स्थान लिएका छन् । प्रतिस्पर्धामा रहेका अन्य कुनै उम्मेदवारले दुई अंक प्राप्त गरेका छैनन् ।

आयोवाले सोमबार रिपब्लिकन ककसस पनि सम्पन्न गरेको छ जसमा ट्रम्पले सहज विजय निकाल्नुभएको छ । उहाँले कुनै खास चुनौतीको सामना गर्नुपरेन ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं