भाडाकै घरमा नयाँ संसद्को पहिलो बैठक

काठमाडौं । प्रतिनिधिसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको छ । सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न नभएकाले अबका नयाँ निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको हो ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक गरेपछि संसद् सचिवालयले संसद् बैठकको तयारी गर्नेछ । सो अवधिमा पनि संसद् भवनको निर्माण कार्य सम्पन्न नहुने देखिएकाले भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा नै संसद् बैठक बस्ने भएको हो ।

सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद्को भवन बनाउन १६ असोज २०७६ मा ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको थियो । सुरुको ठेक्का सम्झौताअनुसार १५ असोज २०७९ मा संसद् भवन तयार भइसक्नुपर्ने थियो ।

कोभिड महामारीसँगै लकडाउन तथा निषेधाज्ञाका कारण निर्माण कार्य प्रभावित बन्न पुग्यो । कोभिडका कारण निर्माणका लागि ६ महिना म्याद थप भएपछि ठेक्का अवधि ३० चैत २०७९ मा पुगेको छ । तर, अहिलेकै अवस्थाअनुसार निर्माण कार्य अघि बढ्ने हो भने सो अवधिमा पनि संघीय संसद्को भवन तयार नहुने देखिएको छ ।

यसअघि, २०७४ मा मंसिर मा चुनाव सम्पन्न भएको थियो । ऐन कानुन अभावलगायतका कारण पहिलो बैठक फागुनमा बसे को थियो । संसद् सचिवालयका अनुसार यसपटक भने मतपरिणाम आएको महिना दिनभित्रै बैठक बस्न सक्नेछ । यसअघि गरिएको अनुगमनअनुसार संघीय संसद् भवनको निर्माण कार्यअन्तर्गत भौ तिक प्रगति ६० प्रतिशतको हार ाहारीमा मात्र रहेको छ ।

हाल निर्माण भइरहेको संघीय संसद्मा ७ सय सिट क्षमताको प्रतिनिधिसभा बैठक हल हुनेछ । सभाहलमा ४ सय र बालकोनीमा ३ सय सिट क्षमता हुनेछ । यस्तै, राष्ट्रिय सभा हलमा ९० र बालको नीमा २ सय गरी २ सय ९० सिट क्षमताको हुनेछ । ३ सय ५० सिट अट्ने संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० राजनीतिक दलका लागि कार्यालय र बैठक कक्ष पनि संसद् भवनभित्रै हुनेछ ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचे तकलगायतलाई अति विशिष्ट कक्ष हुनेछ । यस्तै, हरेक कार्यकक्षमा २५ सिटको बैठक हल पनि हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि