२४ वर्षपछि सोल अफ द कमान्डोसँगै फर्किए राजकुमार

काठमाडौं । २४ वर्ष अघि चलचित्र ‘द कमान्डो’मा मुख्य नायकको भूमिका निभाएपछि अभिनेता राजकुमार राई फेरी खेलमै फर्किए । उनले त्यसपछि तेक्वादोबाट नेपाललाई साफ गेममा स्वर्ण पदक पनि दिलाए । तेक्वान्दोको अन्तराष्ट्रिय खेलाडी, अन्तराष्ट्रिय कोच हुँदै अन्तराष्ट्रिय रेफ्री समेत रहेका राजकुमार यतिबेला फेरी चलचित्रमा फर्किएका छन् ।

यो बीचमा उनलाई धेरै चलचित्रबाट मुख्य नायकको भूमिका आए पनि उनी फेरी द कमान्डोको दोश्रो सृँखला चलचित्र ’सोल अफ द कमान्डो’बाट दर्शकमाझ फर्किएका छन् । आफुलाई द कमान्डोले नै एक्सन अभिनेताको रुपमा चिनाएकाले यही फिल्मको दोश्रो सृँखलाबाट फेरी दर्शकमाझ आउन लागेको राजकुमारले बताएका छन् । यो चलचित्र यही शुक्रवार २३ मङ्सिरबाट नेपालमा रिलिज हुँदैछ । प्राय अन्तराष्ट्रिय खेलका कारण विभिन्न देशमा रहने राजकुमार यतिबेला भने यो चलचित्रको प्रदर्शनका लागि काठमाडौंमा छन् । उनका अनुसार यो चलचित्रमा गोर्खा सैनिकको कथा समेटिएको छ ।

चलचित्र रिलिजको तयारीमा रहेको बेला मँगलबार सोल अफ द कमान्डोको नयाँ गीत जिन्दगी को…को अडियो सार्वजनिक गरिएको हो । ओएसआर डिजीटलबाट यो गीत रिलिज गरिएको हो । प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा खुल्ने भएकोले अडियो गीत मात्र सार्वजनिक गरिएको निर्माण टिमको भनाइ रहेको छ । सिनेमा रिलिजसँगै यो गीतको भिडियो पनि रिलिज गरिने निर्माण पक्षको कथन छ ।

गीतमा राजेश पायल राईको स्वर र सन्तोष दुमी राईको संगीत रहेको छ । गीतको शब्द रचना पनि आफैंले गरेको अभिनेता राजकुमार राइले बताएका छन् । चलचित्रका गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत रहेको छ ।

चलचित्र ’सोल अफ द कमान्डो’ मा राजकुमारसँगै शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई,नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनीका राईलगायतको मुख्य भूमिका छ ।

यो चलचित्रलाई युवराज (वीरबहादुर) राईले निर्देशन गरेका हुन् । सिलिचुङ फिल्म्स प्रालिको व्यानरमा निर्मित यो फिल्मको निर्मातामा विजय एल राई, मिलन राई, रवि थापा र धन लिम्बू छन् । यसमा दिर्घ गुरुङको छायाँकन, नहकुल खड्काको सम्पादन, सिमोन राजबंशीको कोरियोग्राफी, एनबी महर्जन र सानु कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
हमाल भन्छन् ‘धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउछु’