‘लिम्बुवान राज्य’ मा लिम्बुवानको उपस्थिति शून्य

पाँचथर । पाँच वर्षे कार्यकालमा प्रदेशको नाम दिन नसक्ने एक मात्र प्रदेशसभा हो– १ नं. प्रदेश । राजेन्द्र राई मूख्यमन्त्री बनेपछि प्रदेशको नामाकरणका लागि कसरत पनि भएको हो । तर, दलहरुको आ–आफ्नै अडान र प्रदेशको नामको बिषयलाई लिएर उठेको सशक्त सडक संघर्षका कारण प्रदेश–१, को नामाकरणको विषय पेचिलो बन्यो । अन्ततः प्रदेशको नामै दिन नसकी प्रदेशसभाको पाँच वर्षे कार्यकाल गुज्रियो ।

इतिहासमा उल्लेख भए अनुसार हाल ः प्रदेश–१, अन्तर्गत अरुण, संखुवाखोला, शप्तकोशी नदी पूर्वका नौ वटा जिल्ला लिम्बुवान राज्य हो । वि.सं.१८३१ साउन २२ गते तत्कालीन गोर्खा–लिम्बुवानबीच लालमोहर सन्धी हुनुपूर्व ‘लिम्बुवान’ स्वतन्त्र राज्यको अस्तित्वमा रहेको कुरा इतिहासमा उल्लेख छ । यहिं ऐतिहासिक पृष्ठभूमी र साशकीय भूगोलको आधारमा अरुणपूर्वका नौ जिल्लालाई मात्रै समेटेर छुट्टै लिम्बुवान राज्य बनाइनुपर्ने माग राख्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल भने यसपटकको निर्वाचनमा प्रदेशसभामा शून्य बनेको छ ।

२०७४ को निर्वाचनमा मञ्चले प्रत्यक्षतर्फ सिट नजिते पनि समानुपातिबाट एक सिट पाएर प्रदेशसभामा आफ्नो उपस्थितिसम्म जनाएको थियो । मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फे राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास राज्यमन्त्री समेत बनिन् । प्रदेशसभामा लिम्बुवानको माग राख्ने एक्लो सांसद थिइन्, तुम्बाहाम्फे । तर, यसपटक भने मञ्चले थ्रेस होल्ड नै कटाउन सकेन । समानुपातिकमा २६ हजार ५३१ मत प्राप्त गरेको मञ्च अन्तत : प्रदेश–१, मा निल हुन पुग्यो । उसको मत भने अघिल्लो निर्वाचनकोभन्दा ४०८ बढेको हो ।

२०६२/२०६३ को दोस्रो जनआन्दोलनपछि पूर्वमा सबैभन्दा सशक्त रुपले उठेको आन्दोलन हो, लिम्बुवान । तर सडकमा उर्लिएको भिड ब्यालेटमा भने सधैं कमजोर रह्यो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फबाट दुई सिट पाएको मञ्चले २०७० को दोस्रो संविधानसभाको निर्वाचन वाहिष्कार ग¥यो । २०७४ मा प्रदेश–१, मा एक सिटमा खुम्चियो । २०७९ मा त्यो शाखलाई पनि जोगाउन सकेन । यद्यपी चुनाब प्राबिधिक विषय भएकाले चुनाबमा जस्तो परिणाम आए पनि लिम्बुवान आन्दोलन भने झन सशक्त र मजबुत बन्दै जाने प्रक्रियामा रहेको संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिव सागर केरुङ दाबि गर्छन् ।

प्रदेश–१, को चुनाबी परिणामको शन्दर्भलाई लिएर सामाजिक अभियन्ता नन्द कन्दङवाले भने लिम्बुवानको अर्को भर्सनको आन्दोलन अनिवार्य देखिएको प्रतिक्रिया दिएका छन् । लिम्बुवान आन्दोलन नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलनभन्दा पुरानो इतिहास बोकेको आन्दोलन हो । तर यहिं ऐतिहासिक मुद्धा बोकेर बढेको लिम्बुवानलाई भने मतदाताले अस्वीकृत गर्दै आएका छन् ।

संगठन स्थापनाको केहि समयदेखि नै चरम गुटबन्दी र बिवादले संगठन उठ्न नसकेको धेरैको विष्लेषण छ । संगठन स्थापनाको डेढ दशक सेरोफेरोमा पटक–पटक फुटेर टुक्रा–टुक्रा बनेको लिम्बुवानजन्य संगठन एक भएर अघि बढ्न नसकेसम्म यहिं अवस्था रहने लिम्बुवानका सुभेच्छुक बताउछन् । यसपल्टको चुनाबी परिणाममा लिम्बुवान शून्य भएपछि मञ्चका अध्यक्ष कुमार लिङदेनप्रति सामाजिक सञ्जालमा आलोचना गर्नेहरु बढेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादीले कटायो ३ हजार अन्तर