Thursday, August 5, 2021
HomeBreaking Newsचैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने

चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने

,
sharethis

काठमाडौँ । कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो ।

सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकालेसङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए । ’व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।

अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताए । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रलाई व्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन मागसमेत गरेको छ । विसं २०४७ मा स्थापित सङ्घमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् ।

नागढुङ्गामा ‘हेल्थ डेस्क’ स्थापना

कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आज बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरे ।

नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापनासँगै काठमाडौँ उपत्यका भित्रिने सवारी साधनका चालक, सहचालक तथा यात्रुको जाँचमा सहयोग पुग्ने भएको छ । नगरपालिकाका प्रमुख गिरीले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाको प्रमुख नाका नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताए । ‘सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायतका विभिन्न रोग परीक्षणका लागि स्वास्थ्य सहायता कक्षमा सहयोग पुग्नेछ’, उनले भने ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कक्ष स्थापनासँगै चार समूह बनाएर २४ सै घण्टा यात्रु, चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कक्षको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताए । चन्द्रागिरिले स्वास्थ्य सहायता कक्षमा बस्नका लागि १५ स्वास्थ्यकर्मीसमेत परिचालन गरिसकेको छ । रासस

(Visited 294 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

बीमा बापतको रकम हस्तान्तरण

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया...

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन...

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

ट्रेन्डिङ

भक्तपुर नगरपालिकाभित्रका पसल व्यवसायीहरुको भेला सम्पन्न

भक्तपुर । नगरपालिकाले नगरपालिकाभित्रका पसल व्यवसायीहरुको भेला कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित सो भेला कार्यक्रममा भक्तपुर नपाद्वारा गठित बजार अनुगमन समितिबाट भए/गरेका...

‘इब्राहिमोभिच मेसी र रोनाल्डकै स्तरका फरवार्ड’

लन्डन । प्रशिक्षक रोर्बेटो मान्चिनीले स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरका फरवार्ड रहेको जिकिर गरेका छन् । इब्राहिमोभिच स्विडेनका पूर्वकप्तान...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)