सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको सकस

काठमाडौं । सत्तागठबन्धनले सातवटै प्रदेशमा मुख्यमन्त्रीको भागबन्डा टुंगाएको छ । प्रदेशहरूमा मुख्यमन्त्री को बन्ने भन्ने ’boutमा देखिएको विवाद अन्ततः भागबन्डा गर्दै टुंगिएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले चार, माओवादी केन्द्र दुई र मधेस प्रदेशमा जनता समाजवादी पार्टी एवं जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो ।

आलोपालोमा भागबन्डा : एमालेलाई ४, माओवादी २ र जसपालाई मधेस

सहमतिनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । जसअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

बाग्मती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको छ । सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउनेछ ।

बाग्मतीमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी, लुम्बिनीमा एमालेका लिला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रबहादुर रावल संसदीय दलको नेता छन् । बाग्मती प्रदेशमा एमालेका जगन्नाथ थपलिया, कर्णालीमा एमालेका यमलाल कँडेल र सुदूरपश्चिममा माओवादी केन्द्रका खगराज भट्ट संसदीय दलका नेता छन् । अब उनीहरूबाटै ती प्रदेशमा मुख्यमन्त्री चुनिनेछन् । त्यसैगरी मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित