बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज सपथ लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मङ्गलवार बिहान मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउन लागेका हुन्।

शपथ लिएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन्। उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सरकारमा लैजान लागेका हुन्। थपलियाले अर्थ मन्त्रालय सम्हाल्न छन् भने थापाको मन्त्रालय अझै टुङ्गिएको छैन। जम्कट्टेलले आफूलाई समर्थन गरेका दलहरूसँगको छलफलपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने जनाएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
दुई जिल्ला सदस्यसहित ७ जनालाई कारबाही