पारिको मृत्युले वारि चिन्ता

सप्तरी । कोरोना भाइरसबाट भारतको विहार राज्यमा आइतबार एक व्यक्तिको मृत्यु भएको खबर फैलिएपछि सप्तरीको सीमावर्ती क्षेत्रका जनमानसमा थप चिन्ता बढेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर गाउँपालिका र बलान बिहुल गाउँपालिका भारतको विहार राज्यसँग जोडिएका स्थानीय तह हुन् । आइतबार बिहानैदेखि भारतीय सञ्चारमाध्यमले विहार राज्यको पटनास्थित एम्स अस्पतालमा कोरोना भाइरसबाट संक्रमित ३८ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको र विहार सरकारबाट पुष्टिसमेत गरिसकेको जानकारीसहित प्राथमिकतासाथ सामाचार प्रसारण गर्न थालेपछि कोरोना सम्भावित संक्रमणको विषयलाई लिएर यहाँस्थित सीमावर्ती क्षेत्रका बासिन्दा थप चिन्तामा परेका हुन् ।

सीमापारि कोरोनाले एक जनाको ज्यान गएको खबर सुन्दा वारि चासो र चिन्ता बढ्नु स्वाभाविक भएको स्थानीयको भनाइ छ । ‘खुला सीमाका कारण कोरोनाको प्रभाव यता पनि नपर्ला भन्न सकिन्न,’ स्थानीय भन्छन्, ‘नाकामा हेल्थडेस्कमार्फत भइरहेको स्वास्थ्य परीक्षण कार्यलाई अझ चुस्तदुरुस्त र कडाइ गरिनुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

बोस्नियामाथि स्वीट्जरल्यान्डको सानदार जीत