जगदिशपुर तालमा पाउना चराको आगमन (फोटोफिचर)

कपिलवस्तु । जाडो मौसम सुरु भएसँगै विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तु नगरपालिका ९ र १० स्थित जगदीशपुर तालमा आगन्तुक चराहरुको आगमन बढेको छ । विश्व सिमसार क्षेत्रमा सुचिकृत यस तालमा चीन, मंगोलिया तथा रुसको साइबेरियासहितका क्षेत्रबाट चरा आउने गर्दछन् । चरा तालमा जाडो छल्न तथा बच्चा कोरल्न आउने गरेको चरा विज्ञको भनाई छ । तराईमा चिसो मौसम सुरु हुना साथ तालमा चरा आउने गर्दछन् ।

यस तालमा १ सय ५० भन्दा बढी जातका चराचुरुङ्गी पाइन्छन् । त्यसैगरी यस तालमा विभिन्न प्रजातिका माछाहरु, कछुवा, भ्यागुता आदि जलप्राणी पाइन्छन् । सिमसार वनस्पतिहरुमा बेहाय, पटेर, कमल, जंगली धान, सिंगडालगायतका वनस्पतिहरु यस तालमा पाइन्छन् ।

तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चरा पाइने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्कीमिनिस्तान र किर्गिस्तानलगायतका देशबाट यहाँ चरा आउने गरेका छन् । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाइएको छ । चराहरु ७ देखि १० दिन लगाएर यहाँ आउने गरेको जनाइएको छ ।

निकै आकर्षण र मनमोहक देखिने तालमा चराचुरुङ्गीको जल बिहार, चिरबिराहट र जलक्रिडाले मानवीय जीवनलाई रोमाञ्चित बनाउँने हुँदा तलामा प्रशस्त स्वदेशी विदेशी पर्यटकसमेत आउने गरेका छन् । करिब ४ देखि ५ माइल उडेर चरा यहाँ आउने र ५÷६ महिना चराहरु बसेपछि वैशाख र जेठ महिनातिर फर्किने गरेको वरिष्ठ चराविद् डा. हिमसागर बरालले बताए ।

तालमा पेकिङ डक निलटाउके, मल्टास पिÞmस्टा खट्खटे र विभिन्न जात जातिका पानी हाँस प्रशस्त देखिन्छन । त्यस्तै तलामा सारस सुन जुरे भुडिपÞmोर, ध्वानी बकुला र सेतो गरुडलगायतका चराहरु पनि यहाँ आउने गदर्छन । १ सय ५७ हेक्टरमा फैलिएको जगदिशपुर ताल वि.स.२०४५ तिर सिँचाई प्रयोजनका लागि कृत्रिम रुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो । एसियाको दोस्रो ठूलो यो ताल पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । कपिलवस्तुको सानको रुपमा रहेको यो जलाशय उचित सरंक्षण र सवंर्धनको अभावमा प्रख्यात हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कांग्रेसमा उम्मेदवार छान्न सकस