उदयपुर । नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा झुल्केले २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी सेनाले उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतमा रहेको सैनिक ब्यारेकलाई खाली गरी क्यारेन्टाइन बनाएको हो ।
कोरोना भाइरसको संक्रमणबाट बेलैमा बच्नका सेनाले आफनौ ब्यारेक नै खाली गरि त्यहाँ ३४ वटा भवनमा २ सय बेडको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरेको हो । कोभिड –१९ को संभावित संक्रमणलाई रोक्न नेपाली सेनाले व्यारेक नै खाली गरेर क्वारेन्टाइन निर्माण गरेका हुन ।
नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलसोत ब्यारेकको खाली स्थानलाई क्वारेन्टाइनमा परिवर्तन गरिएको हो । प्रदेश १ सरकारले गत फागुन २९ गते सम्भावित कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न क्वारेन्टाइन निर्माणको निर्णय गरेको थियो ।
संक्रमण हुन नदिन न्यूनतम स्वास्थ्य मापदण्ड कायम गर्ने गरी ब्यारेकको ३४ वटा भवनलाई २०० बेड क्षमताको क्वारेन्टाइनमा परिणत गरिएकोे हो । क्वारेन्टाइनको लागि व्यारेकमा रहेका नेपाली सेनालाई व्यारेकभन्दा एक किलो मिटर टाढा अस्थायी टहरा निर्माण गरेर राखिएको रणशार्दुल गण बेलसोत क्याम्पका सहायक सेनानी (क्याप्टेन) सुर्यबहादुर राईले बताए ।
सेनाले विभिन्न कलष्टरमा विभाजित गरेर महिलालाई बेग्लै र पुरुषलाई बेग्लै क्षेत्रमा राख्ने गरी तयारी गरिएको र नेपाली सेनाले स्थानीय सरकार र प्रदेश सरकारसँग समेत सहकार्य गरि रहेको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।






