वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साहलाई

बारा । वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष बाराका पत्रकार लक्ष्मी साहले पाउने भएका छन् । प्रेस चौतारी नेपालले वीरेन्द्र कुमार साह क्रियाशील पत्रकारीता पुरस्कार यस वर्ष बाराका पत्रकार लक्ष्मी साहले दिने निर्णय गरेको हो । स्वर्गीय साहको स्मृतिमा स्थापित पुरस्कार बाराबाट कान्तिपुर दैनिकमा २०६५ सालदेखि कार्यरत साहलाई प्रदान गर्न लागिएको हो ।

प्रेस चौतारीको २२ औं स्थापना दिवसका अवसरमा काठमाण्डौमा यहि माघ २२ हुने अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमा साहलाई उक्त पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएका छन् ।

प्रेस चौतारी नेपालले प्रत्येक वर्ष क्रियाशिल पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । अघिल्लो वर्ष पर्साका अनुप तिवारीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । एभिन्युज टेलिभिजनमा सक्रिय पत्रकारिता गरिरहेका बेला साहको २०६४ सालमा अपहरण गरी हत्या गरिएको थियो ।

यस्तै प्रेस चौतारीले यस वर्ष हृदयचन्द्र सिंह स्मृति पत्रकारीता पुरस्कार रुपन्देहीका पत्रकार डाक्टर बालकृष्ण चापागाई ,अग्निशीखा स्मृति पत्रकारीता पुरस्कार लमजुङका कृष्ण केसी , डेकेन्द्र थापा स्मृति पत्रकारीता पुरस्कार दैलेखका याम शर्मा , सावित्री–पद्ल्ष्मी बस्नेत स्मृति पत्रकारीता पुरस्कार सुनसरीका लिलाराज भट्टराइ र चन्द्र न्यौपाने –शान्तिराम कार्की स्मृति पत्रकारीता पुरस्कार डडेल्धुराकी ममता भट्टलाई दिने प्रेस चौतारीले निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
पाल्पाको पूर्वखोला गाउँपालिकामा सवै पदमा एमाले विजयी