बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिवार बिहानै लगातार २ पटक भूकम्प धक्का महसुस गरिएको छ । पहिलो धक्का बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिष्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प ३.७ रेक्टर स्केलको र दोस्रो ५.३ रेक्टर स्केलको गएको हो । पहिलो भूकम्पको केन्द्रबिन्दु बझाङ र दोस्रोको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास रहेको उनले बताए । भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, अछामलगायतका जिल्लामा गरिएको हो । भूकम्पबाट कुनै पनि क्षति भएको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)