सरकारले विभिन्न वस्तुका निर्यातमा दिँदै आएको नगद अनुदानको न्यूनतम सीमा ४ प्रतिशत राखेर’ निर्यातका अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७५’ संशोधन गर्ने मस्यौदा तयार २०७९ भाद्रमा तयार पारेको छ । आव २०७९÷८० को बजेटमा गरिएको नगद अनुदान ८ प्रतिशतसम्म पुगाउने भनिएको र यस्को कार्यान्वयनमा सरकारी कार्यविधि संशोधनकोे मस्यौदा बनाएर सरकारमा पेस गरिएको छ । निर्यात मूल्यमा नगद अनुदान पाउने सूचीमा समावेश २९ वस्तुका ४ देखि ५ प्रतिशतसम्म अनुदान पाउँदै आएका थिए ।
निर्यातमा अनुदान पाउने अधिकतम सीमा वस्तुविशेषलाई ८ प्रतिशत हो । प्रचलित कार्यान्वयनमा रहेको कार्यविधिमा वस्तु निर्यातमा ५० प्रचलितले मूल्य अभिवृद्धि देखिएमा ५ प्रतिशत नगद अनुदान पाउने व्यवस्था छ । तर, मूल्य अभिवृद्धि घटेर ३० प्रतिशत भएमा नगद अनुदानको सीमा पनि घटेर ३ प्रतिशत हुन्छ ।
सरकारले निर्यात नगद अनुदानमा वृद्धि गरेको छ । सरकारले हस्तकला, तरकारी पूmल, दुग्धजन्य पदार्थ, पस्मिना, सिमेन्टलगायत दर्जनौं सामग्रीको निर्यात नगद अनुदानमा वृद्धि गरेको देखिन्छ । अनुदानमा प्रस्तावबमोजिम निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७९ दोस्रो संशोधन गर्दै दर्जनौं सामग्रीमा नगद अनुदानको व्यवस्था गरेको छ ।
कर्यविधिको अनुसूची १ (क) बमोजिम हस्तकला (तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थका रूपमा प्रयोग हुनेसमेत) र काष्ठकलाका वस्तु प्रशोधित तथा अप्रशोधित जडीबुटी (यार्चागुम्बासमेत) तथा सारयुतm तेल, प्रशोधित तथा अर्धप्रशोधित बेसार, ताजा तरकारी (परिवत्र्य विदेशी मुद्रामा तेस्रो देश निर्यात गरेमा), प्रशोधित तथा अर्धप्रशोधित अलंैची र प्रशोधित तथा अप्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत)मा नगद अनुदानको व्यवस्था गरिएको छ । यस्तै अनुसूची १ (ख) बमोजिम पदार्थ (दूध, घिउ, पनिर, छुर्पी र फ्याट) (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), फलपूmल, (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा) र अम्रिसो (परिवत्र्य विदेशी मुद्रामा तेस्रो देशमा निर्यात गरेमा) नगद अनुदानको व्यवस्था गरिएको छ । अनुसूची २(क) मा भने पस्मिना÷क्यासमेयर÷च्यांग्रा पस्मिना तथा सोबाट उत्पादित सामान र (ख)मा क्ल्किंर, सिमेन्ट, स्टिल, कत्था, रोजिन, तथा तार्पेन र प्लाइउमा नगद अनुदानको व्यवस्था गरिएको छ ।
सरकारले हस्तकला, तरकारी फूल, दुग्धजन्य पदार्थ, पस्मिना, सिमेन्टलगायत दर्जनौं सामग्रीको निर्यात नगद अनुदानमा वृद्धि गरेको छ
यस्तै, (दफा) बमोजिम कुनै उद्योगले एक आर्थिक वर्षमा आफ्नो उत्पादित वस्तु ५० करोड रुपैयाँभन्दा बढी निकासी गरेमा बढी निकासी भएको मूल्यका आधारमा बढीमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने भएको छ ।
निर्यातकताले निर्यात गरेबापत पाउने अनुदान सम्बन्धित आर्थिक वर्षमा प्राप्त गरेको हो सोही आर्थिकको वासलातमा हिसाब दसाई आम्दानी देखाइनु पर्दछ । निर्यातकर्ताले यसरी पाउने अनुदानलाई बाह्य बजार प्रवद्र्धन, प्रविधि तथा क्षमताको विकास तथा विद्युतीय व्यापारको क्षेत्रमा खर्च गर्नुपर्दछ । दफा ४ बमोजिमका गणना विधिका आधारमा अनुसूची १ मा उल्लेखित वस्तुका उत्पादनमा कम्तीमा ५० प्रतिशत र अनुसूची २ मा उल्लेखित वस्तुका उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ३० प्रतिशत भएका वस्तु निर्यातकर्तालाई उल्लेखितबमोजिम नगद अनुदान उपलब्ध गराइनेछ भनिएको छ ।
अनुसूची १ बमोजिमको वस्तुका निर्यात गरेमा कुल निर्यात मूल्यको पाँच प्रतिशतले हुन आउने रकम, अनुसूची २ बमोजिमका वस्तु निर्यात गरेमा कुल निर्यात मूल्यको चार प्रतिशतले हुन आउने रकम, दफा ४ को उपदफा १ बमोजिमका सूत्रका आधारमा अनुसूचीबमोजिमका वस्तु उत्पादनमा कम्तीमा ८० प्रतिशत र अनुसूची २ बमोजिमका वस्तुका उत्पादनमा कम्तीमा ७० प्रतिशत मूल्यअभिवृद्धि गरी वस्तु निर्यात गरेमा कुल निर्यात मूल्यको एक प्रतिशतले हुन आउने थप रकम अनुदानबापत प्राप्त गर्न सक्नेछन् । यसअघि तीन प्रतिशत नगद अनुदानको व्यवस्था गरिएको थियो ।
राष्ट्रिस्तरका सामूहिक ट्रेडमार्कमार्फत अनुसूची १ र अनुसूची २ बमोजिमका वस्तुका निर्यात गरेमा कुल निर्यात मूल्यका एक प्रतिशतले हुन आउने थप रकम तथा अनुसूची १ र अनुसूची २ बमोजिमका वस्तु अघिल्ला आर्थिक वर्ष निर्यात गरेको परिमाणभन्दा २० प्रतिशतभन्दा बढी निर्यात गरेमा त्यसरी बढी निर्यात गरेको मूल्यको एक प्रतिशतले हुन आउने थप रकम नगद अनुदान प्राप्त गर्न सकिनेछ । यस अघि राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्क प्राप्त वस्तुका निर्यात गरेमा थप एक प्रतिशत अनुदान रकम उपलब्ध गराइने व्यवस्था गरिएको थियो ।
त्यसैगरी, निर्यात नगद अनुदान प्राप्त गर्नका लागि सम्बन्धित सरकारी निकायसमक्ष निवेदन तोकिएको ढाँचामा दिनुपर्ने हुन्छ । संशोधित कार्यविधिअनुरूप मूल्य अभिवृद्धि प्रमाणीकरण गराउन चाहने निर्यातकर्ताले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र स्वघोषितसहित अनुसूची ३ बमोजिमका ढाँचामा सम्बन्धित निकायमा निवेदन दिनुपर्छ । त्यस्तो निवेदन विद्युतीय माध्यमबाट पनि दिन सकिनेछ । कार्यविधि कार्यान्वयनका लागि विभागहरूलगायतका निकायबीच समन्वय गर्नसमेत भनिएको छ । यसअघि ६० दिनभित्र निवेदन बुझाउन सक्ने व्यवस्था गरिएको थियो ।
वस्तु निर्यातमा ५० प्रचलितले मूल्य अभिवृद्धि देखिएमा ५ प्रतिशत नगद अनुदान पाउने व्यवस्था छ
यदि, झुटा विवरण वा कागजात बुझाई अनुदान माग गरेको वा प्राप्त गरेको सम्बन्धमा विभागले कुनै पनि मेडियाबाट सूचना वा उजुरी प्राप्त गरेमा त्यस्तो सूचना वा उजुरीमाथि अधिकृतस्तरको कर्मचारी खटाइ आवश्यक खोजपताल गर्न गराउनुपर्ने छ । झुटा विवरण पेस गरी अनुदान माग गर्ने वा उद्योगलाई विभागले पाँच वर्षसम्म निर्यतका लागि लायक नहुने गरी कालोसूचीमा सूचीकृतमा गर्नुका साथै त्यस्ता उद्योगका नामनामेसी सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।
निर्यातमा नगद अनुदानको आम्दानी तथा खर्चको अनुगमन उद्योग विभाग र आन्तरिक राजस्व विभागले गर्नुपर्नेछ । नगद अनुदानमा कुनै बाधा अडकाउ परेमा त्यसको समाधान मन्त्रालयले गर्नेछ ।
अनुदान दिनेसम्बन्धी कामको अनुगमन, मूल्याकंन तथा समन्वय गर्ने मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सम्बन्धित संयोजकत्वमा सचिवसहितको आठ सदस्य हुने व्यवस्था छ । जसमा अर्थका सहसचिव, वाणिज्यका सहसचिव, भन्सारका महानिर्देशक, उद्योग विभागका महानिर्देशक, राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेउबा महासंघका अध्यक्ष, नेउपरिसंघका अध्यक्ष सदस्य र मन्त्रालय उपसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ । निर्यातलाई प्रोत्साहन गर्न निर्यात अनुदानको व्यवस्था गरिए पनि उद्योगले सुविधा प्राप्त गर्न समस्या हुने गरेको बताइएको छ । पहँुच भएमा सजिलै अनुदान रकम पाइने नभए नपाइने उद्योगको तर्क छ ।
आव २०६७÷६८ देखि नेपाल सरकारले निर्यातमा नगद प्रोत्साहनसम्बन्धी कार्यविधि, २०७० अनुसार निर्यातमा नगद प्रोत्साहन पैदान गरिने औद्योगिक वस्तुको नाम तथा प्रतिशत निम्नबमोजिम छ । प्रशोधित कफी उत्पादनमा नगद प्रोत्साहन प्रतिशत २, अर्ध प्रशोधित छालामा २, हस्तकला र काष्ठकलाका वस्तुमा २, प्रशोधित छालामा २, हाते कागज र सोको उत्पादनमा २, प्रशोधित महमा २, चियामा २, गलंैचा तथा उनी सामानमा २, पस्मिना र रेशमजन्य वस्तुमा २, र प्रशोधीत जडीबुटी तथा सारयुतm तेलमा २ दिइएको छ ।
त्यस्तै, १ प्रतिशत नगद प्रोत्साहन पाउने वस्तुहरूमा तयारी चाउचाउ, चोकर, चक्की आँटा, पोलिस्टर फाइबर भिसकस यार्न,, पोलिस्टर टेक्सटाइल यार्न, तयारी पोसाक, वनस्पति तेल, ट्रान्सफरमर, स्टिल पोल्स तथा एक्सेससरिज, डट्पेन, दाल, किमती तथा अर्धकिमती पत्थर, सुनचाँदीका गरगहना, बेसार, सुठो, बिउबिजन, पुष्प–फूल, फलफूल, तरकारी, अदुवा, अलैंची, र जडीबुटी रहेका छन् । तर २०७८÷७९ मा केही वस्तुका ८ प्रतिशत नगद प्रोत्साहन दिने कुरा गरिएको छ ।






