दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२ को बराबरी खेलेको थियो ।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु