जनकपुरमा विद्यार्थीले मनाए होली, रंगोली प्रतियोगिता सम्पन्न


जनकपुरधाम । जनकपुरधाममा होली बुधवार हुने भनिएपछि एकसाता देखि ठाउँ–ठाउँ होली उत्सव भइरहेको छ । विद्यार्थीहरुले आज आ–आफना विद्यालयमा एक अर्कालाई रंग अबिर दलेर होली पर्व मनाएका छन् । विद्यालय बन्द हुने दिनमा विद्यार्थीहरु होली खेल्ने गरेको देखिएको छ । जनकपुरधामको एउटा विद्यालयमा होलीका साथै रंगोली पनि बनाइएको छ ।

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन होलीको सन्दर्भ पारेर रंगोली बनाउन लगाएको जानकी आवासयि माध्यमिक विद्यालय जनकपुरधामका प्रिन्सिपल प्रमोद अग्रवालले वताए ।

रंगोली भारतीय उपमहाद्वीपबाट उत्पत्ति भएको प्राचीन सांस्कृतिक परम्परा तथा लोक कला हो । रंगोलीको नाम र त्यसको शैलीमा भिन्नता हुनसक्छ तर यसको पछाडीको निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ । यसको यही विशेषताले यसलाई विविधता दिन्छ र यसको विभिन्न आयामहरूलाई पनि प्रदर्शित गर्ने जानकारहरु बताउँछन् ।

यसलाई चाडपर्व, व्रत, पूजा, विवाह आदि शुभ अवसरहरूमा सुख्खा र प्राकृतिक रंगहरूबाट बनाइन्छ । यसमा साधारण ज्यामितिय आकार वा देवी देवताहरूको आकृतिहरू हुनसक्छ । यसको प्रयोजन सजावट र सुमङ्गल हो । यसलाई प्रायः घरका महिलाहरूले बनाउँछन् । विभिन्न अवसरहरूमा बनाइने यी परम्परागत कलाकृतिहरूको विषयवस्तु अवसरअनुसार फरक–फरक हुन्छ । यसका लागि प्रयोग गरिने परम्परागत रंगहरूमा पिसेको सुक्खा वा भिजेको चामल, सिन्दुर, रोली, बेसार, सुक्खा पिठोलगायत प्राकृतिक रंगहरूको प्रयोग हुने भएपनि अहिले रंगोलीमा रासायनिक रंगहरूको पनि प्रयोग हुन थालेको छ । रंगोलीढोकाको बीचमा वा ’round, आँगनको केन्द्र र उत्सवको लागि तोकिएको ठाउँको बीचमा वा ’round बनाइन्छ । कहिलेकाहीँ यो फूलहरू, काठ वा अन्य कुनै वस्तुको भुसा वा चामल आदिबाट पनि बनाइन्छ ।

छात्रा संजना शर्माले विद्यालयमा उत्कृष्ठ रंगोली बनाउनका प्रतिस्पर्धा जस्तै भएकाले हामी यसको एकसाता देखि घरमै तैयारी गरेको थियो बताइन् ।

एउटा विद्यालयको प्रागंणमा दर्जनौ रंगोली बनाइएको छ । यसका लागि छुट्टा छुट्टै टोली बनाइएको थियो । कुनै पनि काममा सफलता प्राप्त गर्न अतिरिक्त कामको आवश्यकता पर्छ, अतिरिक्त काम भन्नाले गर्न लागेको कामलाई सहयोग पु¥याउने थप क्रियाकपला भन्ने बुझिन्छ । हाम्रो शारीरीक, मानसिक तथा बौद्धिक विकासका लागि विभिन्न प्रकारका खेलकुद, चेतनामुलक तथा नैतिकता सम्बन्धिका विषयबस्तु नभई हुँदैन जसले विद्यार्थीलाई शारिरीक रुपमा स्फुर्त, बौद्धिक रुपमा चेतनशील भई आफ्नो नियमित अध्ययन अध्यापनलाई पुर्ण बनाउन सक्छ । ‘विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्न जरुरी छ यसको महत्व व्यवहारिक छ यसले विद्यार्थलाई सीपयुक्त बनाउन सघाउछ शिक्षक वा आफू भन्दा ठूलालाई आदर गर्न सक्ने बनाउँछ,’ प्रिन्सिपल अग्रवालले वताए ।

उनको विद्यालयमा गायन, कविता बाचनका अतिरिक्त भोजन उत्सव र रंगोली सहितका कार्यक्रम हुने गरेको छ । रंगोली पछि एक अर्कालाई रंग अबिर पनि दलेको प्रिया निशाले बताइन । रंग अबिर खेलेको मात्रै होइन रंगोलीको माध्यमले अतिरिक्त सीप पनि सिकेको उनले बताइन ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक अर्कालाई रंगीन बनाउछन् । धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरुका साथमा मज्जा लन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्, वयस्कका लागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो जानकारहरु वताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?