९० वर्षमा नागरिकता

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ मरकट्टे घर भएकी अनिता विष्टले ९० वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोलीले उनको घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो ।

नागरिकता नहुँदा अनिता सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित थिइन् । नागरिकता पाएसँगै अब उनले सामाजिक भत्तासमेत पाउने भएकी छन् । अमरगढी–३ डोटी घटाल क्षेत्रको मरकट्टे गाउँकी ज्येष्ठ नागरिक विष्टको साहारा बुहारी र नातिनी बनेका छन् । अनिताका छोरा रोजगारीको सिलसिमा भारतमा छन् ।

पतिको मृत्यु दर्ता भएको र छोरा बुहारीको नागरिकता भएको आधारमा उनलाई घरमै पुगेर नागरिकता उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । अनिताको माइती घर भारत हो । उनले भारतीय नागरिकता लिएकी थिइनन् । उनी सानै उमेरमा विवाह गरेर डडेल्धुरा आएको बुझिएको न्यौपानेले बताए ।

उनको नागरितामा जन्म मिति १९८९ माघ १२ गते उल्लेख गरिएको छ भने जन्म स्थाथान भारत देश पञ्चावत छ ।

नागरिकता नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भन्ने खबर आमसञ्चारका माध्यममा प्रकाशन÷प्रशारण भएपछि उनको खोजी गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले अपांगता, असक्त भएकाहरूको घरमै पुगेर नागरिकता उपलब्ध गराउने अभियान पनि सञ्चालन गरेको छ ।

वडा अध्यक्ष तीर्थबहादुर ऐरका अनुसार मालपोत कार्यालयमा समेत पुगेर जग्गा नामसारीका प्रमाणसमेत जुटाइएको थियो । अनिताकी बाबुको मृत्युपछि उनको छोराको नाममा जग्गा नामसारी गरिदा आमा नाम उल्लेख थियो ।

प्रत्येक महिनाको मसान्तसम्म सामाजिक सुरक्षा भत्ताका लागि सिफरिस गरिए अर्काे महिनादेखि भत्ता उपलब्ध गराइने वडा अध्यक्ष ऐरले बताए । बिहीबार अनिताले नागरिकता प्राप्त गरेपछि भत्ताका लागि समेत फाराम भरी नगरपालिकामा पठाइएको उनले बताए ।

अनिताको नागरिकताका लागि धेरैपटक प्रयास गरिए पनि उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । ऐरले भने, प्रशासन कार्यालयले उनको माइतीतिरबाट आवश्यक कागजात पु¥याउनुपर्ने भनेको थियो । उनका छोरा यज्ञराज विष्टलाई नागरिकता माग्दा समेत नदिने गरेका कारण नागरिकता उपलब्ध गराउन ढिलाइ भएको हो ।’

आफूलाई जानकारी नहँुदा नागरिकता बनाउन नसकिएको उनकी बुहारी तारा विष्टले बताइन् । नागरिकता पाउँदा खुसी लागेको उनले सुनाइन् ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

देशभरबाट लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ