बैतडी । बैतडीको पाटन नगरपालिकाले शैक्षिक सत्रको सुरुवात देखी नै विद्यालय अनुगमन कार्य अघि बढाएको छ ।
नगरपालिका भित्र रहेका ११ विद्यालयको समायोजन समेत गरिसकेको नगरपालिकाले विद्यालयहरुमा पुगेर नगरपालिकाले बनाएको शिक्षा निति’bout अन्तरक्रिया गर्नुका साथै शैक्षिक गुणस्तर सुधारका लागि निर्देशन दिइरहेको छ ।
मंगलबार वडा न.३ स्थीत सुकाबैना सामुदायीक आधारभूत विद्यालयमा अन्तरक्रिया गरिएको छ । उक्त विद्यालयमा शैक्षिक नितिका बिषयमा जानकारी गराउदैँ शिक्षा नितिको पुर्ण रुपले पालना गर्न निर्देशन दिएको छ ।
कमजोर नतिजा ल्याउने विद्यालयका शिक्षकहरुको समेत परिक्षा गर्ने
नगरपालिकाले बनाएको मापदण्ड अनुसार कक्षा ५बाट कक्षा ३ सम्म समायोजन गरिएको उक्त विद्यालयको व्यवस्थापन समिति, शिक्षक तथा अविभावकहरु संग छलफल गरिएको छ ।
छलफलका क्रममा शिक्षा शाखाका प्राविधिक सहायक बिख्रराज भट्टले नगरपालिकाले शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि २८ बुँदे निर्देशन जारी गरेको बताए । उनले नगरपालिकाले विद्यालयहरु संग नियमीत अन्तरक्रिया गरिने बताए । शिक्षकहरुले पढाइरहेकै समयमा नगरपालिकाको प्रविधिक टोली पछाडी बसेर मुल्यांकन गर्ने बताए । नियमीत विद्यालय अनुगमन, शैक्षिक प्रगतीको अवलोकन, व्यवस्थापन समिति, शिक्षक र अविभावकको समन्वय भए नभएको विषय अनुगमन गर्ने बताए । नियीमत मुल्यांकनमा विद्यालयहरुले अपेक्षीत नतिजा प्राप्त गर्न नसके कारवाही समेत गरिने उनको भनाई छ ।
कमजोर नतिजा ल्याउने विद्यालयका शिक्षककै परिक्षा गरिने
पाटन नगरपालिकाले शैक्षिक गुणस्तरमा कमजोर नतिजा ल्उाने विद्यालयका शिक्षकहरुको समेत परिक्षा गर्ने जनाएको छ । नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हरिष बिष्टले भने,“नगरपालिकाको सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा छ । तर १०कक्षा पढ्ने विद्यार्थीको शैक्षिक अवस्था २कक्षा पढेको जस्तो देखिन्छ । अबदेखी हामी कमजोर नतिजा ल्याउने विद्यालयका शिक्षकको समेत परिक्षा गरेर मुल्यांकन गर्नेछौँ ।”
नगरपालिकाका उप–प्रमुख कमल सिंह बोहराले शिक्षा नै विकासको प्रमुख आधार भएकाले आफुहरु शिक्षा क्षेत्रको सुधारका लागि खटिएको बताए । नगरभित्रका केहि विद्यालयमा विद्यार्थी संख्या न्यून भएपनि शिक्षकको दरबन्दी बढी र केहिमा विद्यार्थी बढी हुदाँ समेत दरबन्दी अभाव भएकाले विद्यालय समायोजन गरिएको बताए । उनले भने,“हामी सबै विद्यालयहरुलाई नमूना विद्यालय बनाउन चाहन्छौँ । कम सेवा सुविधामा काम गर्ने प्राइभेट स्कूलको गुणस्तर हेर्दै सरकारी विद्यालयहरु प्रगती गर्नु नत्र कारवाहीको प्रत्रृmयामा ल्याइने छ ।” हरेक ४महिनामा राखिने अविभावक भेलामा सहभागी नहुने अभिभावकको नगरपालिकाबाट पाइने सेवा समेत रोक्का हुने उनले बताए ।