कालीपारि छुटिन् आमा

दार्चुला । नेपाल–भारत सीमा नदी महाकालीमा तुइनबाट खसेर शनिबार व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर महाकालीमा बिलाए ।

शनिबार दिउँसो २ बजेतिर महाकालीमा बेपत्ता भएका भण्डारीको शव महाकाली नदी पारी भारतीय भू–भाग धार्चुलातर्फ फेला परेको प¥यो । उनी महाकाली नदी पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई घर ल्याउन तुइन चढेर जाँदै गरेका बेला महाकालीमा बगेका थिए ।

आमा, छोरा नेपालतर्फ सडक सुविधा नहुँदा भारतबाट सामान लिएर घर फर्किंदै थिए । पहिलो खेपमा सामान तारेर आमालाई लिन पुनः जाँदा छोरा दुर्घटनामा परेका थिए । उनीहरू सामान किनमेल गरी दार्चुला सदरमुकाम खलंगाबाट भारतीय भू–भाग धार्चुला हुँदै दुम्लिङ घर फर्किंदै गरेका थिए ।

दार्चुलाका ६४ जनाको काल बन्यो तुइन
६५ वर्षयता तुइनबाट खसेर दार्चुलाका मात्रै ६४ जना महाकालीमा बिलाएका छन् । तर, तीमध्ये भण्डारीसहित तीन जनाको मात्रै शव भेटिएको छ । ६१ जना बेपत्ताको सूचीमा छन् ।

सबैभन्दा बढी व्यास गाउँपालिका–२ का मात्रै २५ जना तुइनबाट खसेर बेपत्ता भएका छन् । व्यास–६ का आठ, व्यास–५ का १९, व्यास–३ का पाँच र व्यास–४ का तीन जना बेपत्ता छन् । नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका–६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन् ।

सबैभन्दा धेरै १२ जना व्यास–२ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट खसेका छन् । व्यास–५ को ठन्डापानीस्थित तुइनबाट ११, व्यास–२ को मालघाट तुइनबाट नौ, व्यास–५ को तिगरमघाटबाट ६ र व्यास–६ को एलागाड तुइनबाट पाँच जना महाकालीमा खसेर बेपत्ता भएका छन् ।

व्यास–४ को मगडागाउँबाट चार तथा व्यास–६ को कालागाड, व्यास–५ को नाजीघाट र फताङघाटबाट तीन÷तीन जना बेपत्ता भएका छन् । बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक÷एक जना बेपत्ता भएका छन् ।

दोलखाका इन्जिनियर राजेन्द्र पनि कालीमै बिलाए
दोलखा भीमेश्वर–६ स्थायी घर भएका इन्जिनियर ४२ वर्षीय राजेन्द्र न्यौपाने पनि १३ जेठ २०७६ तुइनबाट खसेर महाकालीमा बिलाएका थिए । उनी व्याँस गाउँपालिका—४ को बर्तीघाटस्थित तुइनबाट तत्कालीन सुनसेरा गाविस जाने क्रममा तुइन तर्दा महाकालीमा खसेका थिए । उनी विश्व खाद्य कार्यक्रम लागू भएको बेला दार्चुला आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैचामा एन प्याब्सनद्वारा नगरस्तरीय पेन्सिल स्केच कार्यशाला सम्पन्न