नेपालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक नेपालीको ज्यान गएको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । यही अवधिमा थप ३५ जना निको पनि भएका छन् । 

योसँगै पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३६१ पुगेको छ । यसमध्ये  हाल २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग