राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान संगीतकार सहनीलाई

काठमाडौं । नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको अवसरमा विभिन्न स्रष्टालाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ सम्पन्न गरेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न उक्त कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका फिल्मकर्मी एवम् कलाकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको हो ।

नेपाल चलचित्र नृत्य संघले हरेक वर्ष विशिष्टताको आधारमा प्रदान गर्दै आएको ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ बरिस्ठ संगीतकार सन्तोष राज सहनीलाई प्रदान गरिएको छ ।
प्रख्यात संगीतकार सन्तोष राज सहनीले मधेस प्रदेशमा दुई दर्जनभन्दा बढी सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्, चार सयभन्दा बढी गीतमा संगीत दिएका छन् भने दर्जनौं नेपाली तथा भोजपुरी फिल्ममा संगीत दिएका छन् ।

कार्यक्रममा डा. भोला रिजाल, बसुन्धरा भुषाल, दयाराम दाहाल, राजकुमार राई, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, विकाश चौधरी, अमृत भारती, पल शाह, अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाई, शान्तिप्रिय, गीता अधिकारी, तारादेवी लिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनकबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

epaper

ताजा समाचार

प्रकाशचन्द्र नेपालले जिते खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि