मुम्बई । भारतीय फिल्म द केरला स्टोरीलाई धेरै ठाउँमा रिलिज बन्देज लगाइएको छ । यो फिल्म विवादित विषयमा भएकाले यसलाई प्रदर्शनमा बन्देज लगाइएको बताइएको छ ।
यो फिल्मलाई लिएर राजनीतिज्ञदेखि सेलिब्रेटीसम्म सबैले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । अब केन्द्रीय मन्त्री स्मृति इरानीले यस फिल्मका ’boutमा आफ्नो बयान दिँदै फिल्मको समर्थन गरेकी छन् र आतंकवादी संगठनलाई यो फिल्मले राम्रो जवाफ दिएको भन्दै उनले फिल्मको खुलेर प्रशंसा गरेकी छन् ।
फिल्म बन्देज भएकै कारण अझ चर्चामा पुगेको छ । यो सिनेमा हलमा हेर्न पाउनुपर्छ भनेर दर्शकको माग बढेको छ । गत शुक्रबार रिलिज भएको यो फिल्म भारतभर चर्चा र बहसको विषय बनेको छ ।
फिल्मले यति बेला राम्रो व्यापार गरिरहेको छ । यो फिल्मले रिलिज भएको ५ दिनमा भारतबाट ३५ करोडको व्यापार गरेको छ । यो व्यापार निकै राम्रो भएको बताइएको छ । यदि यो फिल्मलाई सबै प्रान्तमा रिलिज गर्न दिइएको भए यसको व्यापार अझ राम्रो हुने थियो भन्ने समीक्षकको कथन छ ।