सरकारी वकिलको कार्यालय सुरु गर्‍यो टोपबहादुरको बयान लिन

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले टोपबहादुर रायमाझीको बयान लिन थालेको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए लगत्तै उनको बयान सुरु भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा शाखाका डिएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

epaper

ताजा समाचार

महाधिवेशन सुरु नहुँदै देखिन थाल्यो रास्वपामा गुट