भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ प्रदान

काठमाडौं । भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण सम्मान तथा अवार्ड प्रदान गरिएको छ ।

राजधानीमा आइतबार राति सम्पन्न समारोहमा बलिउड अभिनेत्री भाग्यश्री, अभिनेताद्वय रञ्जित र बिन्दु दाह्रा सिंह तथा कमेडियनलगायतले अवार्ड प्रदान गरेका छन् ।

सोही क्रममा ‘महापुरुष’बाट उत्कृष्ट अभिनेत्री प्रियंका कार्र्की, उत्कृष्ट अभिनेता धिरज मगर, उत्कृष्ट निर्देशक अवार्ड मिलन चाम्सलाई प्रदान गरियो ।

त्यस्तै, नवअभिनेत्रीको अवार्ड श्रद्धा क्षत्री, नवअभिनेता अवार्ड अरुण क्षेत्री, हा“स्य अभिनेता अवार्ड विजय बराल, उत्कृष्ट संगीतकार अवार्ड दीपक शर्मा, उत्कृष्ट नृत्य निर्देशक अवार्ड कमल राई, उत्कृष्ट सम्पादक अवार्ड मित्रदेव गुरुङ र निर्माण नियन्त्रक अवार्ड शंकर पाण्डेको पोल्टामा परेको छ ।

यसैगरी, विशिष्ट हास्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, विशिष्ट संगीतकार शम्भुजित बासकोटा, गायिका देविका बन्दनालगायत क्रिकेटर पारस खड्कालाई सम्मानित गरियो ।

समारोहमा नेपाली पात्रोको सीईओ सन्तोषकुमार देवकोटा, सञ्चारकर्मीहरू प्रकाश सुवेदी, डब्बु क्षत्री, तुलसी गिरी, कृष्ण भट्टराई, कृष्ण भुसाल, कुवेर गिरी, गीता अधिकारी, सुमन पण्डित ‘वैरागी’ उत्सव रसाइली, सुरक्षा भट्टराई, निर्देशक माधवराज खरेललगायत पनि सम्मानित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हाम्रो पार्टीको उद्देश्य नै भ्रष्टाचारमुक्त समाज : किशोर देशार