फर्जी कागजात बनाएर नागरिकता बनाउन खोजेको आरोपमा दुई जना पक्राउ

पाँचथर । फर्जी कागजात बनाएर एक भारतीय नागरिकका लागि नेपाली नागरिकता बनाउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका ६४ बर्षीय गंगाप्रसाद आङदेम्बे र उनका झड्केलो छोरा भारत आसामका २२ बर्षीय समित लिम्बू रहेका प्रहरीले जनाएको छ । उनीहरु फर्जी कागजात बनाएर पटक–पटक नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका जिल्ला प्रशासन कार्यालय स्रंोतले जनाएको छ ।

भारतको आसाममा पहिलो बिवाह गरेकी गंगासादकी श्रीमपतिले उनीसँग दोस्रो बिवाह गरेकी हुन् । उनले केहि बर्ष अघि अंगीकृत नागरिकता पाएकी थिइन् । गंगाप्रसादले श्रीमतिको पहिलो श्रीमानबाट जन्मेका भारतीय झड्केलो छोरालाई फर्जी कागजात बनाई पटक–पटक नागरिकता दिलाउने प्रयास गरेपछि प्रहरीको फन्दामा परेका हुन् ।

उनीहरुले पेश गरेका कागजातमा माझीटार आधारभूत विद्यालय हिलिहाङ–७, को को कक्षा–७, को शैक्षिक प्रमाण–पत्र भेटिएको छ । सो प्रमाण–पत्रमा मृत्यु भइसकेका प्रधानाध्यापकको हस्ताक्षर भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताए । नागरिकता बनाउन उनीहरुले फर्जी कागजात बनाएर पेश गरेको पाइएको हो ।

उक्त घटनाउपर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक खतिवडाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अदालतभित्रै श्रीमानले श्रीमती कुटे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी